हामीले विश्व बैंक अर्थात् वर्ल्ड बैंकबारे सुनेकै छौं । यसले नेपाललाई पनि ऋण दिँदै आइरहेको छ ।
विश्व बैंक एक अन्तर्राष्ट्रिय फाइनान्सियल इन्स्टिच्युसन हो । यसको स्थापना सन् १९४४ मा बेलायतको वुड्स सम्मेलनमा इन्टरनेसनल मनिटरी फन्ड (आईएमएफ) सँगै भएको थियो ।
आईएमएफ र विश्व बैंक दुवै मिलेर काम गर्छन् । विश्व बैंक विभिन्न परियोजनाका लागि निम्न र मध्यम आयस्रोत भएका देशलाई ऋण दिन्छ ।
यो युनाइटेड नेसनको एउटा महत्वपूर्ण अंग हो ।
विश्व बैंकसँग इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट, इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन, इन्टरेनसनल फाइनान्स कर्पोरेसन, मल्टीलिटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी तथा इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट गरी ५ अन्तर्राष्ट्रिय संगठन सामेल छन् ।
यिनीहरुले विकासशील देशलाई ऋण उपलब्ध गराउँछन् ।
विश्व बैंकको काम
हाल बैंकले सदस्य देश, विशेष गरी अविकसित देशको विकास कार्यका लागि ऋण उपलब्ध गराउने सन्दर्भमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहको छ । बैंकले ५–२० वर्षको अवधिको विभिन्न विकास परियोजनाका लागि ऋण दिन्छ ।
बैंकले आफ्ना सदस्य देशलाई चुक्ता पुँजीमा आफ्नो २० प्रतिशत हिस्सा ऋण दिन्छ । यस्तै सदस्यसँग सम्बन्धित निजी लगानीकर्तालाई आफ्नो ग्यारेन्टीमा पनि यसले ऋण दिन्छ ।
तर, लगानीकर्ताले मूल देशको अनुमति लिनुपर्ने हुन्छ । यसरी ऋण दिँदा विश्व बैंकले सेवाशुल्कका रुपमा १ देखि २ प्रतिशतसम्म चार्ज लिन्छ ।
ऋण सेवाको मात्रा, ब्जाजदर, नियम र सर्त विश्व बैंकले नै तय गर्छ ।
आम रुपमा सदस्य देशद्वारा विधिवत कुनै विशेष परियोजनाका लागि ऋण उपलब्ध गराउँछ ।