भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ ।
मेलाको पाँचौँ दिनमा १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए ।
दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ ।
मेलामा फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेसिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए ।
मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
यही चैत २४ देखिसुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन् । मेलामा ८ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।