काठमाडाैं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयर–२०२२ बाट सम्मानित भएका छन् ।
व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघ (म्यान) ले राजधानीको याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रमबीच न्यौपानेलाई व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्वको कदर गर्दै सम्मानित गरेको हो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सम्मानित न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फेलो एनआईसी एसियन्सलाई समर्पण गर्दै उक्त उक्त पुरस्कारबाट सम्मानित गरेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरेका थिए ।
न्यौपानेको ५ वर्षीय नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तैगरी निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ), कर्पोरेट सीईओ अफ दी इयर–२०७८ तथा ग्लोबल बिजनेस आउटलुकको बैंकिङ सीईओ अफ दी इयर, नेपाल–२०२१ बाटसमेत सम्मानित भइसकेका छन् ।
बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।