काठमाडौं । सिजी मोटोकर्पले नयाँ वर्ष २०७९ का लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ ।
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्कोे अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकले २ लाख बराबरको नगद छुट, १ लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउनेछन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ ।
सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ ।
यो योजना सीमित अवधिका लागि जारी गरिएको सिजी मोटोकर्पले जनाएको छ ।