काठमाडौं । नेपालमा पहिलोपटक सेनेटरी प्याडले गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले सेफ्टी नेपाल सेनेटरी प्याडलाई यस्तो चिन्ह प्रदान गरेको हो ।
विभिन्न नेपाली उत्पादनहलाई गुणस्तर मानकको रुपमा सेफ्टीका २४० एमएम, २८० एमएम र ३२० एमएम बाक्लो र पातलो सेनेटरी प्याडलाई नेपाल गुणस्तर मानक स्ट्यान्डर्ड ५८७ बमोजिम यो चिन्ह प्रदान गरेको हो ।
नेपाल गुणस्तर मानक ५८७ ले सेनेटरी प्याडको विशिष्टता; जस्तै प्रयोग गरिने सामग्री, प्याडको आकारप्रकार, कारीगरी र फिनिसिङ निर्धारण गर्छ । यस्तै सोसेपछि दबाब सहन सक्ने क्षमता, ब्याक्टेरिया र फंगल बायोबर्डन र छालाका रोगजन्य किटाणुको उपस्थितिजस्ता सूक्ष्म स्वच्छताका आवश्यकता पनि मानकमा तोकिएका हुन्छन् ।
विगत १५ वर्षदेखि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय प्याड उत्पादन गरिरहेको कम्पनीले कुनै पनि नेपाली महिला आधारभूत महिनावारी सरसफाइबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको छ ।
जस्मिन हाइजिनले नेपाली बजारका साथसाथै यमन, श्रीलंका, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र नाइजेरियाजस्ता देशमा पनि प्याड निर्यात गर्दछ ।
सेफ्टी कम्पनी नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने पहिलो कम्पनी हो ।