काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरमा विवाद उत्पन्न भएको छ ।
हालका नेतृत्वले आफु अनुकुल विद्यान संशोधन गरि एक्लौटी गरेको भन्दै घोषित निर्वाचन रोक्न पाटाका पूर्व अध्यक्ष सुमन पाण्डेले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका छन् । पाटाको निर्वाचन चैत २८ गतेका लागि निर्धारण गरिएको छ ।
तर, पाटाकै पूर्व अध्यक्ष पाण्डेले भने केहि सिमित व्यक्तिहरुको स्वार्थमा लागेर निश्चित व्यक्तिहरुलाई रोक्ने नियतका साथ विद्यान संशोधन गरेको भन्दै आपत्ती जनाएका छन् । पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरि पाटा नेपाल च्याप्टरमा संलग्न केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी कृयाकलाहरुका कारण अधोगति तर्फ गइरहेको बताएका छन् ।
सार्वजनिक निजी साझेदारीमा संचालित एक मात्र संस्था हाल संलग्न व्यवसायीहरुले एकलौटिकरण गर्दै संस्थालाई आफूमूखि तथा अन्तरनिहित उद्धेश्यका साथ फरक विचारलाइृ अवमूल्यन गर्दै बन्देज उन्मुख कृयाकलाप बढाउदै लगेको पाण्डेको भनाई छ ।
तर २०७६ पुस २ मा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार अनुज पाण्डेमाथि तत्कालिन पदाधिकारीहरु र निर्वाचन अधिकृत समेतको मिलेमतोमा भएको कपटपूर्ण जालझेल र उमेदवारीको खारेजीका साथै सो तथ्यलाई अन्तिम सम्म गोप्य राख्दै निर्वाचन तयारीका साथ पार्क भिलेज होटलमा पुगेका बेला अपमानयुक्त र धम्किपूर्ण व्यवहार गरेको खुलासा गरेका छन् ।
सो घटना पश्चात निर्वाचन परिणाम तथा साधारण सभाको बैद्यानिकता खारेजीका लागि पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदन अझैसम्म कार्वाहीकै शिलशिलामा रहेको जनाएको छ ।
यति हुदाहुदै पनि यहि चैत २८ गते हुन लागेको साधारण सभाको सन्दर्भमा संशोधित विद्यान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्नका लागि पहल भइरहेको बेला १६ गते एक्कासी निर्वाचन कार्यक्रम वितरण गरि सोहि दिन १२ बजेदेखि निर्वाचन कार्यक्रम सिमित समय भित्र सम्पन्न गरि निर्धारित व्यक्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गरेको देखिएको बताएका छन् ।
संस्थाको हितमा काम गनए केहि कार्यसमिति सदस्यहरुबाट भएका प्रयासका वाबजुत पनि वर्तमान पदाधिकारीहरु एकलौटी रुपमा अघि बढि सिमित व्यक्तिहरुको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएको हुदाँ अब यस परिस्थितिबाट संस्था बचाउनका लागि कानुनी उपचारमा जानुपर्ने अवस्था समेत आएकोले त्यसको तयारीमा समेत आफुहरु लागेको बताए ।
पाण्डे सन् २०१३ जनवरीदेखि २०१७ सम्म ५ वर्ष अध्यक्षको रुपमा काम गरिसकेका व्यक्ति हुन् ।