काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै मात्र ३ दिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका देउवाकाे भ्रमण टाेलीमा १ दर्जनभन्दा बढी व्यवसायीहरू पनि सहभागी छन् ।
हरेक प्रधानमन्त्रीको भ्रमणमा अनिवार्य रूपमा व्यवसायीहरू पनि सहभागी हुने गरेका छन् ।
यसपटकको भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरी सहभागी छन् ।
यस्तै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निर्वतमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ, रामचन्द्र सांगाई पनि भ्रमणमा सहभागी छन् ।
यस्तै महासंघका कार्यकारिणी समिति सदस्यहरु हेमराज ढकाल, आनन्द बगरिया, प्रकाशसिंह कार्की, भरत आचार्य, आनन्द बगरिया, प्रकाशसिंह कार्की, अम्बिकाप्रसाद पौडेल, विजयसिंह वैद्य र चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर मियालगायतका व्यक्तिहरु पनि प्रधानमन्त्री देउवाको भारतमा भ्रमणमा सहभागी भएका हुन् ।
तस्बिरः शम्भु पोखरेलको फेसबुकबाट ।