काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नारासहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यअन्तर्गत यो महोत्सव संयुक्त रूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो ।
महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।
आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दै नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
सातै प्रदेशको कला–संस्कृति झल्कने विभिन्न प्रस्तुति रहनेछन् । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवको सोही दिन बिहान ११ः३० बजे औपचारिक शुुभारम्भ हुनेछ । तत्पश्चात् बेलुका ८ः१५ बजेसम्म विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुुनेछन् । महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई विथ ब्यान्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य समूह रहनेछन् ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाका परिकार र नेपाली उत्पादनका स्टल हुनेछन् । यिनलाई विशेष प्राथमिकताका प्रस्तुति र प्रदर्शनसमेत गरिनेछ ।
महोत्सव स्थलमा जम्माजम्मी ६० वटा स्टल रहनेछन् । यीमध्ये केही स्टलहरुमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिने छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । राजधानीमा हुने यो कार्यक्रमले देशैभर ठूलो संदेश जाने आशासमेत गर्न सकिन्छ ।
थलिएको अर्थतन्त्र, उद्योग÷व्यवसायमा कसरी सकारात्मक ऊर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तंग्रिने क्रममा रहेका उद्योग÷व्यवसायमाथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए । संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरवारमार्ग महोत्सवले ठूलो सहयोग पुरयाउने विश्वास प्रकटसमेत गरे ।
सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड महामारीका कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो नभएको बताए ।
‘आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं’, उनले भने ।