काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्याग्सिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो को लन्च गरेको छ ।
प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावर हाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याएको बताएको छ ।
लन्चबारे बोल्दै साओमी नेपालका नयाँ कन्ट्री जनरल म्यानेजर अमित पन्डाले भने, ‘नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताका लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु ल्याउन केन्द्रित छौं । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागसिप साओमी १२ प्रो लन्च गरेका छौं ।’
साओमी १२ प्रो को ५० एमपी मेन वाइड एंगलको सुपेरियर ट्रिपल क्यामरा र स्न्यापड्रागन टिएम जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागसिप अनुभव प्रदान गर्छ । यसमा डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राच रेसिस्टेन्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।’
सिनेम्याटिक सट एनिटाइम
साओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिनेछ । ८ केसम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० एमी वाइड एंगल मुख्य क्यामेरासहितको प्रो ग्रेड ट्रिपल क्यामेराले ५० एमपीको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनाका साथै तस्बिरहरु राम्रो रेजोलुसनको लिन्छ । यसमा भएको सोनीको अल्ट्रा लार्ज सेन्सरले सबै तिरबाट उज्यालो तान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथ झन राम्रो तस्बिर लिन सक्छ ।
फ्ल्यागसिप प्रोसेसिङ, अद्वित्तिय पर्फर्मेन्स र पावर एफिसियन्सी
फ्ल्यागसिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फर्मेन्स चाहिन्छ । साओमी १२ प्रोमा अत्याधुनिक मोबाइल प्लेटफर्म र प्रोसेसर छ । जुन सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।
यसमा भएकोे प्रोसेसरले ग्राफिक रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुका साथै पहिलेका फोनको तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्री टिक्छ । साथै यसमा स्टोरेज भएकोले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ । सुपर लार्ज भेपर च्याम्बर र ग्राफाइटको थुप्रै लेयर भएको हाइ पर्फमिङ कुलिङ सिस्टमले फोन फोन तातिने समस्या धेरै हुँदैन ।
नेक्स्ट लेभल चार्जिङ स्पिड
साओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । यसको १२० वाटको हाइपर चार्ज फिचरले यति चाँडो फोन चार्ज गर्छ कि पत्याउन गार्हो हुन्छ । यसको ४६०० एमएचको ब्याट्री बुस्ट मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ ।
यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ ।
१२ जिबी प्लस २५६ जिबीको स्टोरेजमा नीलो र बैजनी रङमा साओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ । यसको मूल्य १ लाख १४ हजार ९९९ छ ।