काठमाडाैं । हालसालै मात्र डिजिटल एप्स भारत–पेका फाउन्डर अशनीर ग्रोभरले कम्पनीको म्यानेजिङ डाइरेक्टरको पदबाट राजीनामा दिए । तर, रहरले दिएका भने हाेइनन् । आर्थिक अनियमितता गरेकाे आराेप उनीमाथि थियाे ।
अन्ततः स्थिति यस्तो आयो कि उनी आफ्नै कम्पनीबाट पनि राजीनामा दिन बाध्य भए ।
भारत–पेको बोर्डले कम्पनीको आन्तरिक कामकाजको फरेन्सिक जाँच गर्ने आदेश दिएको थियो । ग्रोभर र उनकी पत्नीमाथि थुप्रै आरोप थिए । उनको राजीनामाअघि नै पत्नी माधुरी जैन ग्रोभरलाई कम्पनीले निकालिसकेको थियो ।
तर, आफ्नै कम्पनीबाट निकालिने एक मात्र व्यक्ति भने होइनन् । विश्वका कैयौं चल्तीका कम्पनीहरुले आफ्ना संस्थापकहरूलाई कम्पनी छाड्न बाध्य बनाइसकेका छन् ।
यसमा एप्पलका स्टिभ जब्ससहित अन्य छन् ।
स्टिभ जब्स, एप्पल
जब्सलाई पर्सन्ल कम्प्युटर युगका ‘किङ’ मानिन्छ । उनै जब्सले सन् १९७६ मा भोजिनकासँग मिली एप्पलको सुरुवात गरेका थिए । उनले एप्पलाई विश्वको टप कम्पनी बनाइदिए । आइप्याड र आइफोनजस्ता प्रडक्टले विश्वलाई चकित पारे ।
तर, विडम्बना ! उनलाई उनकै कम्पनीले निकालिदियो । यद्यपि १९९० को दश कमा उनी फेरि एप्पलमै फर्किए ।
सचिन र बिन्नी बन्सल, फ्लिपकार्ट
सचिन बन्सल र बिन्नी बन्सलले अक्टोबर २००७ मा अनलाइन सपिङ फ्लिपकार्टको सुरुवात गरेका थिए । यी दुवै आईआईटी दिल्लीमा अध्ययन पूरा गरिसकेका थिए । त्यसपछि यिनीहरुले एमेजनमा काम गरे । पछि फ्लिपकार्ट स्थापना गरी इन्डियाको सबभन्दा ठूलो ई–कमर्स कम्पनी बनाए ।
२०१८ मा फ्लिपकाटलाई वालमार्टले किन्ने कुराकानी चलिरहँदा सचिनको बोर्जसँग मतभेत उत्पन्न भयो । र, उनले कम्पनीमा भएको आफ्नो सम्पूर्ण सेयर बेचेर त्यहाँबाट बाहिरिए ।
पछि बिन्नीले पनि कम्पनीबाट राजीनामा दिए ।
जेरी याङ, याहु
स्ट्यानफोर्डमा अध्ययन गरिसकेका जेरी याङले सर्च इन्जिन याहुको सुरुवात गरेका थिए । तर, उनले पनि आफ्नै कम्पनी छाडन्पर्ने स्थिति आइलाग्यो ।
हाल उनी भेन्चर फन्ड एएमई क्लाउट भेन्चर्सका फाउन्डिङ पार्टनर हुन् ।
एन्ड्र्यु मेसन, ग्रुपन
अमेरिकी कारोबारी एन्ड्र्यु मेसनले ग्रपनको स्थापना गरेका थिए ।
सिकागोको यो कम्पनीले प्रयोगकर्तालाई लोक बिजनेसमा डिस्काउन्ट र स्कलरसिप दिन्छ ।
सन् २०१३ मा उनलाई कम्पनीबाट बाहिर निकालियो । कारण, उनको नेतृत्वमा हुँदा कम्पनीको सेयरमा भारी गिरावट आउनाका साथै बिजनेसलाई लिएर विभिन्न प्रकारका समस्या देखिएका थिए ।
टे«निस कालानिक, उबर
कालानिकले कम्पनी सुरु गरेका ८ वर्षपछि अर्थात् सन् २०१७ मा उनले कम्पनी छाडनुपर्ने बाध्यतात्मक स्थिति आयो ।
४३ वर्षीय कालानिक सिटी स्टोरेज सिस्टम्सका चिफ एक्ज्युकेटिभ हुन् ।
उबरको मोडल निकै सफल छ । यस मोडलमा थुप्रै देशका कम्पनीले अपरेट गरिरहेका छन् ।
ज्याक डोर्सी, ट्विटर
अमेरिकी टेक्नोलोजी उद्यमका यिनको पूरा नाम हो, ज्याक पेट्रिक डोर्सी । उनी सामाजिक सञ्जाल ट्विटरका को–फाउन्डर हुन् । यस्तै सोही कम्पनीको सीईओसमेत बनिसकेका छन् ।
सन् २००६ मा ट्विटर सुरु गरेका डोर्सीलाई २००८ मा कम्पनीबाट निकालियो ।
उनी ब्ल्याक इन्कका सीईओ एवं संस्थापक बनिसकेका छन् ।
यो उनको फाइनान्सियल पेमेन्ट कम्पनी हो ।
माइक लेजारिडिस, ब्ल्याकबेरी
लेजारिडिसले सन् १९८४ मा ब्ल्याकबेरी सुरु गरेका थिए ।
२००० को दशकमा यो कम्पनी मोबाइल फोन कम्पनीहरुमध्ये टपमा थियो ।
तर, बिस्तारै कम्पनीको स्थिति बिग्रिँदै गयो । अन्ततः २०१२ मा उनी कम्पनी छाड्न विवश भए ।
-एजेन्सीहरूकाे सहयाेगमा ।