पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगरपालिकाको प्रथम अधिवेशनले हरि भुजेलको अध्यक्षतामा २९ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ ।
बुधबार पोखरास्थित न्यू एरा पार्टी प्यालेसमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले भुजेलको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा कल्पना भुवाजी क्षेत्री र नरहरि अधिकारी, सचिवमा हेमराज भण्डारी, कोषाध्यक्षमा सीमा कोइराला, उपसचिवमा तुलबहादुर थापा, रामजी तिवारी र टिकाराम सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमान चौहान चयन भए ।
सदस्यहरुमा राधा सापकोटा, भेषराज पोखरेल, संग्रीला मरासिनी, निपेश अधिकारी, विश्वराज पोखरेल, गोविन्द बराल, राजु पौडेल, सम्राट पौडेल, अशोक खड्का, रामचन्द्र लामिछाने, बालकृष्ण भण्डारी, टिकाराम अधिकारी, कल्पना आचार्य, श्रीराम बराल, रोशी गौतम, सागरमणि न्यौपाने, निलकण्ठ पोखरेल, चन्दन पुरी, माधवप्रसाद तिवारी र सुस्मा अधिकारी चयन भएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले देशकै ठूलो महानगर अनि त्यसमा पनि व्यवसाय क्षेत्रबाट परिवर्तनको लागि नेतृत्वमा पुग्ने सबैलाई बधाई व्यक्त गरे । आगामि दिनमा संगठनसँग पार्टीले अन्तक्र्रिया गर्दै अक्र बलियो शक्ति बनाउन सहयोग गर्ने नेता अधिकारीले बताए ।
एमालेका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भीम कार्कीले व्यावसायिक क्षेत्रसँगको सल्लाहमा पार्टीले महानगरको विकासका योजना बनाउन सकिने उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण थापा, राजीव पहारी, कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
आगामि दिनमा महासंघमा छुटेका सबै भूगोलबाट प्रतिनिधित्व गराई संगठनलाई अझै बलियो बनाउन प्रदेश कमिटी अध्यक्ष सञ्जिवबहादुर कोइरालाले आग्रह गरे । उनले महासंघको उद्देश्य तथा व्यावसायिक कठिनाईका विषयमा कार्यक्रममा चर्चा गरेका थिए ।
सम्पन्न अधिवेशनमा निर्वाचन मण्डल संयोजक प्रदेश सचिव मोतिप्रसाद पौडेल रहेका थिए भने सदस्यहरुमा केन्द्रीय सदस्य हरिशर्मा गैरे र प्रदेश सहकोषाध्यक्ष सुशिला खनाल थिए । निर्वाचन मण्डलले कमिटीको निर्वाचन प्रक्रिया सम्पन्न गराई सपथ समेत गराइसकेको छ ।