काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी चांगनको नेपालमा बिक्री सुरु भएको छ ।
मोरङ मोटर वक्र्सले आफ्नो सहायक कम्पनी एमएडब्लू वृद्धि अटोकर्भबाट बिक्री सुरु गरेको हो । कम्पनीले एल्सभिन र हन्टरका २ मोडेलको बिक्री सुरु गरेको छ ।
एल्सभिनमा विभिन्न आरामदायी विशेषता छन् । बाहिरबाट हेर्दा उत्कृष्ट लुक्स देखिनाका साथै भित्र बलियो छालाबाट बनेको सिट छ । १.५ लिटर ब्लु कोर इन्जिन, ५ स्पिड म्यानुयल ट्रन्स्मिसन र १३ सय ७० सीसीको इन्जिन छ भने ब्लु कोर इन्जिन ९९ बीएचपी र १३५ यनयम रहेको छ ।
यसले थोरै इन्धनको खपतमा पनि उच्चतम प्रतिफल प्रदान गर्दछ ।
७ इन्चको टच स्क्रिनसहितको एलईडीले यात्रालाई रमाइलो बनाउने छ । त्यस्तै यसमा भएको प्रोजेक्टर हेडल्याम्पले रात्रिकालीन समयमा पनि सहजता प्रदान गर्दछ । भित्री बनोटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो ह्विल्सले सबैलाई आकर्षित गर्दछ । एल्सभिनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टेयरिङले चालकलाई सहजता प्रदान गर्नेछ । यसमा ४० लिटरको पेट्रोल फ्युल ट्यांकी रहेको छ ।
यस्तै सुरक्षाका विविध सुविधाहरु यसमा उपलब्ध छन् । जसअन्तर्गत एन्टी लक ब्रेकिङ सिस्टम र फ्रन्टल एअर ब्याग पनि समावेश छ । रेयर भ्यु क्यामराको साथमा पार्किङ सेन्सर, डाइनामिक लाइनस् र प्रोक्सिमिटी अलार्मले थप सहजता प्रदान गर्छ । यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ लाइट पनि छ ।
नोभेम्बर २० बाट नेपाल भित्रिएको यसको बजार मूल्य ४२ लाख रहेको छ ।
त्यसैगरी वृद्धिले अर्को मोडेल हन्टर पनि भित्र्याएको छ । हन्टर पिकअप मोडलमा रहेको छ । यसमा १.९ टर्बोचाज्र्ड इन्जिन छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । जसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यसको ३९१० एमएमको व्हील बेस रहेको छ र २३० एम एम ग्राउन्ड क्लियरेन्स रहेको छ । जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने क्षतिबाट गाडीलाई बचाउँछ ।
हन्टरको वजन ३०५० केजी छ । यसले १ टनको लोड बोक्न सक्छ । यसमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन डिस्प्लेले यात्रा मनोरञ्जनात्मक बनाउँछ ।
यसमा पुस इन्जिन स्टार्ट बटन जडान गरिएको छ भने सुविधायुक्त बनाउन क्रुज कन्ट्रोल सुविधा रखिएको छ। क्रुज कन्ट्रोलले बाटोको अवस्थाअनुसार मिल्दो स्पिड सुनिश्चित गर्न मद्दत गर्दछ ।
यसमा ६–स्पीड अटोमेटिक गेयर ट्रान्समिसन रहेको छ । यसले रोडको कन्डिसनअनुसार गियर बदल्न मद्दत गर्छ । हन्टरले चालक र सहचालकलाई विशेष ध्यानमा राखी आरामदायी पावर अस्सिसटेड सिट प्रदान गरेको छ ।
प्रिमियम पिकअपमा इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम छ । अटो स्टप क्लाइम्ब सुविधा भएकाले उकालो चढ्दा सहज हुन्छ भने हिल डिसेन्ट कन्ट्रोलले ओरालो झर्न सहज हुन्छ ।
हन्टर २ वटा भेरियन्टमा छ । यसको मूल्य क्रमशः ४/२ को ६५ लाख र ४/४ को ७५ लाख ५० हजार रहेको छ ।