श्रीलंका यति बेला अगम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । अवस्था यतिसम्म खराब छ कि स्वास्थ्यजस्तो संवेदनशील कुरालाई पनि आलटाल गर्नु परिरहेको छ ।
त्यहाँको एउटा अस्पतालले त औषधिको कमी भएकै कारणले सबै अप्रेसन टारिदिएको छ ।
यस्तो अवस्थाबाट गुज्रिरहेको श्रीलंकाको अस्पताललाई भारतले सहयोग गर्ने भएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले सहयोग गर्ने बताएका हुन् ।
‘यो खबर सुनेर म दुःखी छु’, ट्विट गर्दै उनले भनेका छन्, ‘मैले उच्चायुक्तसँग सम्पर्क गर्न र यस विषयमा चर्चा गर्दै भारतले कस्तो सहयोग गर्न सक्छ भनेर भनेको छु ।
दबाइ, एनेस्थेसिया र अप्रेसन उपकरणहरुको कमी
अस्पतालका अनुसार त्यहाँ औषधि , एनेस्थेसिया र अप्रेसनमा प्रयोग हुने अन्य चिजहरुको कमी छ । यही कमीले गर्दा चिकित्सा सेवालाई स्थगित गर्ने फैसला गरिएको हो ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनको संकट चरम छ । यसले गर्दा अत्यावश्यक चिजहरु पनि उपलब्ध हुन सकेका छैनन् । इन्धनका लागि लामो लाइन, लोडसेडिङ र मूल्यवृद्धि चरम छ ।
जनताले गोटबाया राजपक्षे सरकारलाई आर्थिक संकटमुक्त बन्न नसकेको आरोप लगाएका छन् ।