एजेन्सी । इनभेस्को डेभलपिङ मार्केट्स फन्डको तर्फबाट जी–सोनी मर्जरका लागि समर्थनपछि जी इन्टरटेनमेन्टको सेयरमा लगातार दोस्रो दिन पनि तीव्र कारोबार चलिरहेको छ ।
२ दिनमै जीको सेयर झन्डै २० प्रतिशतले बढिसकेको छ ।
इभेस्को डेभलपिङ जी इन्टरटेनमेन्टको सबभन्दा ठूलो हिस्सेदार हो । यसले जीका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनित गोयनकालाई पदबाट हटाएको विषयलाई लिएर कम्पनीका सेयर होल्डरहरुको बैठक नबोलाउने निर्णय पनि गरेको छ । कम्पनीका अनुसार उसले सेयर होल्डरको हितमा भएकाले जी र सोनी मर्जरको समर्थन गर्नेछ ।
तर, यसलाई हालको प्रस्तावअनुसार पूरा नगरे इनभेस्कोले नयाँ ढंगबाट बैठक बोलाउने अधिकार राख्नेछ ।
गत वर्ष फाइनल भएको थियो डिल
गत वर्ष सोनी पिक्चर्स नेटवक्र्स इन्डिया र जी इन्टरटेनटमेन्टबीच मर्जको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यति बेला इनभेस्कोले ओएफआई ग्लोबल चाइना फन्ड एलएलसीसँग मिलेर उक्त डिलको विरोध गरेको थियो । यी दुवै कम्पनीहरुको जीमा १७.९ प्रतिशत हिस्सेदारी छ ।
एक्सपर्टले दिए बाई रेटिङ
ईटी मार्केट्सको एक रिपोर्टअनुसार ग्लोबल ब्रोकरेज सीएलएसएले जी इन्टरटेनमेन्टको स्टकका लागि ३८० भारु टार्गेटसँग बाई रेटिङ दिएको छ । यस्तै एडेलवेसले भने ४२८ को टार्गेट दिएको छ ।
विश्लेषहरुका अनुसार जी–सोनी भारतको सबैभन्दा ठूलो ब्रोडकास्टर र दोस्रो ठूलो ओटीटी प्लेफर्म हुनेछ । समर्थनपश्चात् जी सेयर बजारबाट डिलिस्ट हुँदै सोनीसँग मर्ज हुनेछ ।