इलेक्ट्रिक कारको कुरा गर्दा अग्रपंक्तिमा आउँछ, टेस्ला । विश्वका सर्वाधिक धनी एलन मस्कको यो कम्पनीले इलेक्ट्रिक कार बनाउँछ ।
तर, त्यसलाई पनि टक्कर दिने तयारीमा छन् गुजरात भारतका एक बिजनेस म्यान ।
गुजरात बोरसाड निवासी हिमांशु पटेलको स्वामित्वको युएस आधारित कम्पनी ट्राइटनले गुजरातमै इलेक्ट्रिक कार निर्माण गर्ने भएको छ ।
यसका लागि गुजरात सरकार र कम्पनीबीच आगामी ४ अप्रिलमा सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ ।
पटेलका अनुसार सर्वप्रथम मेनुफ्याक्चरिङ प्लान्ट लगाउनेछन् । त्यसका लागि ६०० एकड जमिनमा ३० लाख वर्गफुटको अत्याधुनिक प्लान्ट बनाउने योजना छ ।
उनको कम्पनीले ईभी मात्रै होइन, ट्रक पनि बनाउनेछ ।
‘हामीले ईभी उत्पादनका साथसाथै यसको नेटवर्क पनि स्थापित गर्छौं’, उनले भने, ‘यसका लागि छिटै ब्याट्री, अटोपार्ट्स र चार्जिङ स्टेसन निर्माता कम्पनीसँग कुराकानी गर्नेछौं ।
तेलंगानासँग गरेको थियो सम्झौता
ट्राइटेन कम्पनीले सन् २०२१ को जुनमा मेनुफ्याक्चरिङ प्लान्ट स्थापनाका लागि तेलंगाना सरकारसँग सम्झौता गरेको थियो । यसका लागि झन्डै ३ खर्ब रुपैयाँ लगानी गर्नेवाला थियो । जसमा २५ हजार नयाँ रोजगारी पैदा हुन्थ्यो । यद्यपि विभिन्न कारणले गर्दा यो अघि बढ्न सकेन ।
को हुन् पटेल ?
पटेल डेढ दशकदेखि अमेरिकामा इलेक्टिोनिक्स एवं इलेक्ट्रिक वाहनक्षेत्रमा काम गरिरहेका छन् ।
उनै पटेलले पावर स्टोरेज र ब्याट्रीमा काम गर्ने ट्राइटन सोलार र ईभी कार÷ ट्रक बनाउने ट्राइटन ईभी बनाए ।
-एजेन्सीकाे सहयाेगमा