काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्यागसिप सिरिज साओमी १२ सिरिज मध्य साओमी १२ प्रोको प्रि बुकिङ खुला गरेको छ । प्रि–बुकिङ चैत ११ बाट चैत १५ सम्म खुल्ला हुनेछ ।
प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्द ५ हजार को क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटूथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । साओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीमा १ लाख १४ हजार ९ सय ९९ रुपैयाँ पर्छ ।
यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागसिप फोन बनाएको छ ।
त्यस्तै विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो । नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।
साओमी १२ प्रोमा एचडीआर प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले छ । यो १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । ८ जीन१ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो+ ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।
यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।
तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीका लागि यसमा ३२ एमपीको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकर छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।
साओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङका लागि खुला छ । मार्च ३० देखि बिक्री सुरु हुनेछ ।