काठमाडौं । माडी इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्रान्ड ओडीसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।
नेपालका लागि ब्रान्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।
भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए ।
नेपालका लागि ब्राण्ड इ गो अटोमोटिमसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि बाण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिजट होटलको अगाडि शुक्रबारबाट सञ्चालनमा आएको छ ।
यो सोरुमबाट मोटरसाइकल, स्कूटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्रान्ड इ सो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए । ब्राण्ड इगो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए।
यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर(डिस्क ब्रेकवाटर प्रुफिड, ब्लू टुथ, कि(नेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, बैंक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ ।
हाम्रा उत्पादनहरु स्पोटी, क्याजुअर स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरु पर्नेमा हामी विश्वस्त छौं । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अतथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिए ।