काठमाडाैं । बहुप्रतीक्षित फिफा वल्र्ड कपको नयाँ संस्करण आगामी नोभेम्बरदेखि कतारमा हुँदैछ ।
२१ नोभेम्बरमा सुरु हुने खेल १८ डिसेम्बरमा फाइनल खेल खेलिनेछ ।
फिफालाई ओलम्पिकपछि दोस्रो ठूलो इभेन्ट मानिन्छ । विश्वका ३२ देशले यसमा भाग लिन्छन् ।
यही सन्दर्भमाा भारतीय एड टेक फर्म बायजुस कतारमा हुने यस खेलको आधिकारिक स्पोन्सर घोषित भएको छ ।
बायजुस फिफासँग जोडिने पहिलो भारतीय फर्म हो । कम्पनीसँग अब फिफाको सम्झना, प्रतीक र सम्पत्तिसम्म पहुँच हुनेछ । यसको प्रयोग विज्ञापनमा प्रयोग गर्न पाउनेछ । यसैको माध्यमबाट विश्वभरका फुटबल फ्यानसम्म यसको पहुँच हुनेछ ।
फर्मले सामाजिक सञ्चालमा पोस्ट गर्दै यसको जानकारी दिएको हो ।
फिफाका मुख्य कमर्सियल अधिकारी मदतीका अनुसार फिफा सकारात्मक सामाजिक परिवर्तन ल्याउने लक्ष्यको दिशामा फुटबलको शक्ति उपयो गर्न समर्पित छ । ‘हामीले बायुजसजस्तो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुसी लागिरहेको छ’, उनले भने, ‘यसले समुदायलाई सामेल गर्दै विश्वका लाखौं युवालाई सशक्त बनाइरहेको छ ।’
बायुजुसका संस्थापक एवं सीईओ बायजु रवीन्दरले भने, ‘फिफा विश्वकप कतार संस्करण २०२२ लाई प्रायोजित गर्न उत्साहित छौं । जुन विश्वको सबैभन्दा ठूलो एकल प्रतियोगिता हो । यस्तो खालको वैश्विक मञ्चमा भारतको प्रतिनिधित्व गर्न पाउनाका साथै शिक्षा र खेलको एकीकरणलाई च्याम्पियन बनाउनु हाम्रा लागि गर्वको कुरा हो ।’