काठमाडौं । आजदेखि फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गर्दैछ ।
नेपालको बाटोअनुकूल यस गाडीको वबक्री वितरण आजदेखि गर्दैर्छौं’, आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने ।
आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।
ग्राउण्ड अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।
मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) बिना कुनै समस्या ३ अंकको गतिमा हाइवेमा दौडिने एक मात्र गाडी हो । ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई पनि यसले छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पांग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ ।
अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बन्धी गरेको कभरेजमा गुर्खाको डिजाइन, स्टाइल र स्पेस अरुभन्दा उकृष्ट भएको जनाएको थियो ।
५ विभिन्न आकर्षक रङमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ । साथै ग्राहकहरुले ४ पटक सम्म निःशुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन् ।
दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।