काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले ‘ग्लोबल मनी विक २०२२’ अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलले विभिन्न स्थानमा सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।
क्यापिटलले यही चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमाडांैका स्नातक तहअन्तर्गतका विद्यार्थीहरुलाई इन्भेस्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापनसम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।
तालिममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीको सहभागी रहेको थियो । सो कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।
यसैगरी क्यापिटलले काठमाडाैं उपत्यकाबाट नजिकै रहे तापनि पहुँचका हिसाबबाट विकट रहेको ललितपुरको इकुडोलस्थित जनजागृति उच्च माविका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई पनि यही चैत ९ मा १ दिने आधारभूत सेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनी विक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम सोही माविको हलमा सम्पन्न भएको हो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।
तापनि पहुँचका हिसाबबाट विकट रहेको ललितपुरको इकुडोलस्थित जनजागृति उच्च माविका विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई पनि यही चैत ९ मा १ दिने आधारभूत सेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।