काठमाडौं । कैलाश हेलिकप्टर प्रालि सञ्चालनमा आएको पाँचौ वर्षमा प्रवेश गरेको छ । पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायीहरुको लगानीमा सञ्चालनमा आएको कैलाश हेलिकप्टरले छोटो समयमै व्यवसायीक सफलता हात पारेको हो ।
२ वटा हेलिकप्टर मार्फत उडान सुरु गरेको कैलाशले २०७६ सालमा अर्को नयाँ हेलिकप्टर थपेर तीन वटा मार्फत उडान गर्दै आएको छ । पाँच वटा जहाज मार्फत उडान गर्ने योजना बनाएको कैलाशलाई कोभिड संक्रमणका कारण पर्यटन क्षेत्र ध्वस्त हुँदा ब्रेक लागेको थियो ।
अहिले कोभिडको संक्रमण न्यून हुँदै गएको र पर्यटकहरुको पनि चहपहल बढ्न थालेसँगै अवस्था सामान्य हुँदै गएको अर्को वर्ष(सन् २०२३)को सेप्टेम्बर भित्रमा नयाँ हेलिकप्टर ल्याउने तयारी भएको कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी दिए ।
सबै हिसावले पृथक तरिकाले सेवा दिँदै आएको सो हेलिकप्टर कम्पनीले कोभिडका विरामी उद्धार गरेको थियो ।
कम्पनीले हाइअल्टिच्युड अपरेसन्स, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्धारका साथै बिरामीको पनि तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउनेलगायतका सेवा प्रदान गर्दै आएको अध्यक्ष क्याप्टेन आशिष शेरचनले जानकारी दिए ।
नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहे पनि मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी सेवा दिँदै आएको उनको भनाई छ ।
कम्पनीमा शेरचन,पाण्डे सहित पर्यटन व्यवसायीहरु सीएन पाण्डे, इश्वरी पौडेल सहित पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको संयुक्त लगानी रहेको छ ।