उत्तर प्रदेशस्थित पशुपालन घोटाला काण्डका मास्टर माइन्ड हुन्, आजमगढ निवासी आशिष राय ।
आशिषसहित पशुधन राज्यमन्त्री मुख्यसचिव रजनीश दीक्षित र निजीसचिव धीरज देवलगायत अन्य थुप्रै व्यक्तिहरु यो काण्डमा संलग्न रहेका पाइएको छ ।
उनीहरुले टेन्डर पार्ने नाममा करोडौंको घोटाला गरेका हुन् ।
सन् २०१८ मा भएको यो काण्डमा उच्च अधिकारीहरु पनि तानिएका थिए । यसमा निलम्बित डीआईजी अरविन्द सेन, आशिष रायसहित २१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
कसरी भयो घोटाला ?
उत्तर प्रदेश पशुधन विभागमा २१४ करोड रुपैयाँको आटा सप्लाईको टेन्ड दिलाउने नाममा यो काण्ड भएको थियो । इन्दौर निवासी व्यापारी मनजित भाटियासँग यो टेन्डर पार्न भनेर झन्डै १० करोड सलामी लिएका थिए । खासमा ठगीमो यस खेलमा टेन्डरको बहाना गरी झुटो खेल खेलिएको थियो ।
र, यसको मास्टर माइन्ड उनै आशिष थिए ।
आशिषसहित सबैले मिलीभगतमा मनजितसँग पैसा लिई नक्कली टेन्डरको कागजपत्र थमाइदिएका थिए । तर, मनजितले यसबारे जानकारी पाएपछि आफ्नो पैसा फिर्ता गर्न भने ।
आफ्नो पहुँचको नशामा चुर आरोपीहरूले उल्टै धम्काउन थाले । कुनै उपाय नलागेपछि मनजितले पुलिसलाई खबर गरे ।
केही समय लगाएर पुलिसले अनुसन्धान गर्यो । अनुसन्धानमा यो घटना सत्य ठहरियो । सोपश्चात् १३ जुन २०२० मा मनजितको निवेदनमा हजरगतगन्ज थानाले मुद्दा दर्ता गर्यो ।
घटनामा संलग्न रहेको पाएपछि डीआईजी अरविन्द सेन निलम्बित भए ।
अहिलेसम्म यस घटनामा मास्टर माइन्ड आशिष, मोन्टी गुर्जर, रुपक राय, सन्तोष राय, एके राजीवलगायतलाई लखनउ प्रहरीले पक्राउ गरी जेल चलान गरिसकेको छ ।