आजभोलि बिर्सिने रोग (डिमेन्सिया) बाट धेरै जना ग्रसित छन् । झन् प्रविधिले यसलाई मलजल गरिरहेको छ । साना बालबच्चादेखि बूढापाका प्रविधिजन्य उपकरणमा झुन्डिरहेका भेटिन्छन् । यसको अधिक प्रयोगले डिमेन्सियाको सिकार बनिरहेका छन् ।
भुल्नेहरूकै बीचमा कसैले आइकार्ड भुलिरहेका छन् । अफिसमा टिफिन र कहिलेकाहीँ त फोन पनि भुलिरहेका हुन्छन् ।
तर, एक व्यक्तिले बिर्सिनुको हद नै पार गरेका छन् ।
अमेरिकाको ओरेगनका विल्बर ब्राउनले गत सन् २०२१ डिसेम्बरमा ८.९ मिलियन डलर अर्थात् १ अर्ब रुपैयाँभन्दा बढीकाे लट्री जितेका थिए । त्यसको टिकट उनले पर्समा राखे र बिर्सिए ।
पहिले त ब्राउनले लट्रीबारे आफ्ना साथीबाट थाहा । अनि २५ डलरमा टिकट किने र त्यसलाई पर्सको एक कुनामा राखे । तर, यो कुरा यसरी भुले कि उनले टिकट नै चेक गर्न भुले । आफ्नो पर्समा भएको टिकटले करोडौंको लट्री जितेको भन्ने कुराको पत्तै भएन ।
फेब्रुअरीमा ब्राउन पहिले टिकट खरिद गरेको ठाउँमा पुगे । उनले सोेचेनन् कि आफूलाई नै लट्री लाग्छ । जब उनले टिकट स्क्यान गरे, त्यहाँ एउटा कस्टमर सर्भिसमा सम्पर्क गर्न भनेर एउटा मेसेज आयो । पुनः टिकट स्क्यान गर्दा अर्को मेसेज आयो– ठूलो लट्रीको विजेता ।
ब्राउनले साथीहरुसँग मिलेर इन्टरेनटमा चेक गरे । चेक गर्दा थाहा भयो कि १ अर्ब बढी रुपैयाँको लट्री परेको छ । यसको पहिलो चेक ८ मार्चमा उनले प्राप्त गरे ।
ब्राउनले लट्रीको रकम एकसाथ नलिएर किस्ताबन्दीमा लिने निर्णय गरे ।