काठमाडौं । सोनमले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको विन्टर सेल अफरअन्तर्गत सार्वजनिक गरेको छ । १ गतेदेखि चैत १७ गतेसम्म सो अफर रहने सोनामले जनाएको छ ।
साे योजनाअन्तर्गत अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू हुनेसमेत बताइएको छ ।
सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।
उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडीबुटी चोक, चितवनको सीजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम छन् ।