कठमाडौं। अशोक लेल्यान्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरू गरेको छ।आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्धारा प्रबद्धित अशोक लेल्यान्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरमा लागू हुने गरी सुरु गरेको छ ।
आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सन्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ र अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथिमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटेर साे क्याम्पकाे उद्घाटन गरिएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशतसम्म छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ ।
साे कम्पनीका अनुसार मेघा सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटरसम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
यस सर्भिस क्याम्पको अफरहरु आशेक लेल्यान्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ । ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गते चैतसम्म मात्र लागू हुनेछ ।
आईएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । कम्पनीले यस्ता योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।