काठमाडौं । नवराज ढकालको अध्यक्षतामा नेपाल–इटली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको सातौं वार्षिकोत्सवबाट ढकालको नेतृत्व २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तारमा भूमिका खेल्न गठन भएको यस संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।
सदस्यहरुमा मनोज श्रेष्ठ भधेल, अरनिको राजभण्डारी, अरुण केसी, वाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र साही, किसन सुनार, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार बम्सल, सुशील जैन, विनोद साक्तानी, युगेश बादे श्रेष्ठ छन् ।