काठमाडौं । सरकारी उच्च ओहोदामा बस्नेहरु सेयर बजार प्रतिदिन नकारात्मक बन्दै गएपछि लगानीकर्तामा चरम नैराश्यता पलाएको छ ।
एक समय गाउँगाउँबाट सेयर बजारमा साना लगानीकर्ताको रुपमा भित्रिएकाहरु ठूलो रकम सेयर बजारमा गुमाएपछि उनीहरु विस्तारै बाहिरिन थालेको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
केन्द्रीय बैंकका अधिकारी र अर्थ मन्त्रालयका अधिकारीले सेयर बजारप्रति नकारात्मक भाव राखेर नीति ल्याउन थाले पनि त्यसको बजारमा पर्यो । र, कालान्तरमा उनीहरु धेरथोर रकम गुमाएर बजारबाट पलायन भएको हुन सक्ने आशंका गरिएको छ ।
केन्द्रीय बैंकले बैंकहरुलाई कर्जा दिनै नसक्ने अवस्थामा पुर्याएको छ । बैंकले छिटफुट रुपमा कर्जा दिए भने पनि सेयर कर्जा ठप्प नै बनाएका छन् । बैंकको ब्याज दोहोरो अंकमा पुगेको छ । सरकारले पुँजीगत खर्चमा कुनै सुधार ल्याउन सकेको छैन । भएभरको पैसा राज्यको ढुकुटीमा थन्किएर बसेको छ । जसले गर्दा सेयर बजारले वियरिस ट्रेन्ड समातेको अनुभवी लगानीकर्ताको बुझाइ छ ।
अहिले सेयर लगानीकर्ताको मनोविज्ञान नराम्ररी प्रभावित भएको छ । कारोबार पनि निरन्तर घटिरहेको छ । कुनै समय २२ अर्ब कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले ३ अर्ब रुपैयाँमाथि चढ्न सकेको छैन । यहीबाट देखिन्छ, लगानीकर्ताको मनोवल कसरी बिग्रिएको छ भनेर । अहिले लगानीकर्ता सेयर किन्न वा बेच्न अनइच्छुक छन् । कारण उनीहरुसँग पैसा छैन ।
साताको पहिलो दिन आइतबार नेप्से १४.६७ अंकले घटेर २५१६.५८ अंकमा आइपुगेको छ । लगानीकर्ताका अनुसार अब बजार बढ्दा वा घट्दा १५ देखि २० अंकको घटबढ मात्रै हुन्छ । ठूलो अंकले बढ्ने वा घट्ने सम्भावना न्यून देखिन्छ ।
आइतबार २ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यसदिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ । इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर कारोबार भएको छ ।