नयाँ दिल्ली । आयकर विभागले महाराष्ट्रको पुणे र ठाणेको एक युनिकर्न स्टार्टअप समूहमाथि छापा मार्दा साढे ३ अर्ब रुपैयाँको अघोषित सम्पत्ति (कालो धन भएको) पत्ता लगाएको छ ।
केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) ले जानकारी दिएको छ ।
विभागका अनुसार ९ मार्चमा महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, उत्तर प्रदेश र मध्य प्रदेशका २३ परिसरमा छापा मारिएको थियो ।
युनिकर्न समूहले निर्माण सामग्रीको थोक एवं खुद्रा बिक्री गर्ने काम गर्छ । यसको वार्षिक आम्दानी झन्डै ६ हजार करोड रुपैयाँ बढी हुन्छ ।
विभागले छापा मार्दा डेढ करोड रुपैयाँ कालोधन (नगद) र करिब ३५ लाख बराबरका आभूषण बरामद गरेको छ ।
कम्पनीले खातामा किर्ते खरिदारी उल्लेख गर्नाका साथै बिनाहिसाबको रकम जम्मा गरेको थियो ।
‘समूहका निर्देशकलगायतसँग सोधपुछ गर्दा उनीहरुले विभिन्न वर्षमा साढे ३ अर्ब रुपैयाँ बढी अतिरिक्त आयको खुला गरे’ सीबीडीटीले भन्यो ।
विभागले गरेको जाँचपड्तालमा युनिकर्न समूहले मरिसस मार्गभन्दा उच्च प्रिमियममा सेयर जारी गर्दै विदेशी कोषसमेत जुटाएको तथ्य भेटियो ।
यस्तै मुम्बई र ठाणेस्थित कम्पनीको जटिल नेटवर्क पनि पत्ता लागेको सीबीडीटीले उल्लेख गरेको छ ।