काठमाडौं । गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी खुलेआम सर्वसाधारणलाई ठग्ने धन्दामा लागेको पाइएको छ । कम्पनीले संस्थापक लगानीकर्ता भित्र्याउने नाममा सर्वसाधारणलाई झुक्याउने गरी सामाजिक सञ्जाल (फेसबुक, युट्युब)मा भिडियो सामग्री नै अपलोड गरेर जथाभावी रकम उठाइरहेको छ । कम्पनीले पैसा उठाउन प्रयोग गरेको विधिले वित्तीय अपराधलाई प्रसय दिएको आभास मिल्छ ।
गोल्डम्यानले कम्पनी ऐन २०६३ र धितोपत्र कारोबारबसम्बन्धी ऐन २०६३ लाई नै माथ दिने गरी गतिविधि गरेको देखिन्छ । गोल्डम्यानले ५० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १५० रुपैयाँमा सेयर किन्न आह्वान गरेको छ ।
त्यति मात्र होइन अहिले १० लाख रुपैयाँ लगानी गरेको लगानीकर्ता केही वर्षमा करोडौं मालिक हुने सन्देश प्रवाहित गरिरहेको छ । यद्यपि कम्पनीले अहिले न्यूनतम १० लाख रुपैयाँबराबरको संस्थापक लगानीका लागि सार्वजनिक आह्वान गरेको देखिन्छ ।
कम्पनीले प्रचार सामग्रीमा अहिले १० लाख लगानी गर्ने लगानीकर्ताले आगामी १० वर्षमा औसत १० हजार प्रतिकित्ताका दरले दोस्रो बजारमा कारोबार हुने भएकाले १० करोड कमाउने भनिएको छ ।
गोल्डम्यान २०७८ बाट सञ्चालनमा आएको र आगामी ५ वर्षमा उक्त ५० वटा कम्पनी सञ्चालन गरिने भनिएको छ । २०८४ सालमा केही कम्पनीसहित गोल्डम्यानको लकिङ खुला गरिने बताइएको छ । २०८६ सालमा गोल्डम्यानअन्तर्गतका कम्पनीको एफपीओ जारी हुने भनिएको छ । २०८८ मा यस कम्पनीको नेटवर्थ २५ हजार करोड रुपैयाँ पुग्ने र नेपालको सबैभन्दा ठूलो कम्पनी हुने बताइएको छ ।
गोल्डम्यान २०७८ बाट सञ्चालनमा आएको र आगामी ५ वर्षमा उक्त ५० वटा कम्पनी सञ्चालन गरिने भनिएको छ । २०८४ सालमा केही कम्पनीसहित गोल्डम्यानको लकिङ खुला गरिने बताइएको छ । २०८६ सालमा गोल्डम्यानअन्तर्गतका कम्पनीको एफपीओ जारी हुने भनिएको छ । २०८८ मा यस कम्पनीको नेटवर्थ २५ हजार करोड रुपैयाँ पुग्ने र नेपालको सबैभन्दा ठूलो कम्पनी हुने बताइएको छ ।
यस कम्पनीको एउटा कम्पनीको औसत लगानी १० करोड, एक कम्पनीको औसत पब्लिक सेयर १ लाख, धितो बजारमा सूचीकृत भएपछि कम्पनीको औसत प्रतिसेयर मूल्य ५ हजार रुपैयाँ, ५० कम्पनीको सूचीकृत औसत सेयर बजार पुँजी ५ अर्ब, १० वर्षमा गोल्डम्यानले ५० कम्पनीको सेयर बिक्री गरेर कमाउने क्यापिटल गेन २ खर्ब ५० अर्ब पुग्ने भिडियोमा भनिएको छ ।
यस्ताे छ भिडियो
कम्पनी सञ्चालनमा आएको दिनदेखि नै मुनाफामा रहेकाले आगामी १० वर्षमा १० देखि ५०० प्रतिशतसम्म लाभांश वितरण गर्ने उल्लेख छ । कम्पनीले भ्रामक प्रचार सामग्री गोल्डम्यानको वेबसाइडमा राखी फेसबुक तथा युट्युबलगायतका सामाजिक सञ्जालमा अपलोड गरी संस्थापक लगानीका लागि आह्वान गरेको छ । जुन कम्पनी ऐन २०६३ को दफा ९ विपरीतको काम हो ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुँदा नै न्यूनतम लगानीकर्ताको संख्या खुलाउनुपर्छ । तर, गोल्डम्यानले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर कम्पनी सञ्चालनमा ल्याई उद्घाटनसमेत गरिसकेको स्थितिमा खुलेआम संस्थापक लगानीकर्ता खोजी गरेको हो ।
गोल्डम्यानले आफूलाई पब्लिक लिमिटेड कम्पनी रहेको दाबी गर्छ । पब्लिक लिमिटेड कम्पनी हुनका लागि कम्तीमा ७ जना लगानीकर्ता र बढीमा जति पनि हुन सक्ने व्यवस्था ऐनले गरेको छ ।
त्यस्तै, कम्पनीले धितोपत्र ऐनको दफा २९ (१) ले कुनै पनि संगठित संस्थाले ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्नुपर्ने भएमा अनिवार्य रूपमा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।
‘कुनै पनि संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणका निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने छ’, ऐनमा भनिएको छ ।
कुनै पनि कम्पनी धितोपत्रमा दर्ता भई कारोबार गर्न धितोपत्र ऐनको परिच्छेद ३ ‘दर्ता तथा निष्कासन’ अन्तर्गतका दफा २७ देखि ३५ सम्मको व्यवस्था पालना गर्नुपर्छ । दफा २७ (१) मा नै धितोपत्रसम्बन्धी व्यवस्था छ । ‘संगठित संस्था आपूmले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डबाट दर्ता गराउनु पर्ने’ भनिएको छ ।
‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ नियम ३ मा धितोपत्र दर्ता गर्नका लागि आवश्यक प्रक्रिया तोकेको छ । धितोपत्र ऐनको दफा २७ अनुसार धितोपत्र दर्ताका लागि आवेदन दिनुपर्ने र निवेदन दस्तुरबापतको रकम बोर्डको खातामा जम्मा गरी ५ वटा सर्त पालना गर्नुपर्ने उल्लेख छ ।
कम्पनी ऐनअनुसार स्थापना भएको प्रमाण स्वरूप संगठित संस्थाको आद्यावधिक प्रवन्धपत्र र नियमावली, विशेष ऐनद्वारा संगठित संस्था भएको भएसम्बन्धी नियम वा विनियमसम्बन्धी संस्थाको सञ्चालक समितिले धितोपत्रमा दर्ता हुन गरेको निर्णयको प्रतिलिपि, सञ्चालक समितिले धितोपत्र कारोबारका लागि दिएको अख्तियारी र पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरिएको कम्पनीको वित्तीय विवरण समावेश गरी आवेदन दिनुपर्ने हुन्छ ।
यसरी दिएको आवेदनका आधारमा धितोपत्र कारोबारका लागि धितोपत्र बोर्डले उपयुक्त देखेमा मात्रै कारोबारका लागि अनुमति दिने गर्छ । धितोपत्र निष्कासन गर्दा पनि बोर्डको नियम तथा मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने हुन्छ ।
धितोपत्रमा सूचीकृत हुन नसकेका कम्पनीको सेयर ओटीसी बजारमार्फत खरिद बिक्रीमा हुने गर्छ । ओभर द काउन्टर (ओटीसी) बजारमा समेत गोल्डम्यान दर्ता नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गोल्डम्यान कम्पनी न धितोपत्र बोर्डमा दर्ता छ, नत योग्यता नै पुगेको छ । ओटीसी बजारमा कारोबार गर्नसमेत अग्रसर नभएको कम्पनीले कसरी खुलेआम सेयर बिक्री गर्न सार्वजनिक आह्वान गर्न सक्छ ?
धितोपत्रमा सूचीकृत हुन नसकेका कम्पनीको सेयर ओटीसी बजारमार्फत खरिद बिक्रीमा हुने गर्छ । ओभर द काउन्टर (ओटीसी) बजारमा समेत गोल्डम्यान दर्ता नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गोल्डम्यान कम्पनी न धितोपत्र बोर्डमा दर्ता छ, नत योग्यता नै पुगेको छ । ओटीसी बजारमा कारोबार गर्नसमेत अग्रसर नभएको कम्पनीले कसरी खुलेआम सेयर बिक्री गर्न सार्वजनिक आह्वान गर्न सक्छ ?
गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवाल सेयर बजारका नामी खेलाडी हुन् । अग्रवाल आफूलाई जनता समाजवादी पार्टी (जसपा)को कार्यकर्ता बताउँछन् । कम्पनीमा सुशील लुनिया डेपुटी सीईओ, सुशील भट्टराई प्रवन्ध निर्देशक, ईश्वरी तिवारी चिफ फाइन्सियल अफिसर र प्रवीण खनाल प्रमुख बजार व्यवस्थापक छन् ।
उपेन्द्र यादवले गरेका थिए, गोल्डम्यानको उद्घाटन
गत पुस १० गते जसपाका अध्यक्ष तथा पूर्व–उपप्रधानमन्त्री उपेन्द्र यादवले गोल्डम्यानको उद्घाटन गरेका थिए । सेयर बजारमा ठूला लगानीकर्ता भनेर चिनिएका निर्मल प्रधानसमेत उद्घाटन कार्यक्रममा उपस्थित रहेको अग्रवालले युट्युबमा अपलोड गरेको भिडियो सामग्रीमा छ ।
यादवले गैरकानुनी रूपमा कारोबार गरिरहेको गोल्डम्यानको सफलताको कामना मात्रै गरेका छैनन्, पुँजी बजार उत्तर चढावबारे प्रतिक्रियासमेत दिएका छन् ।
गोल्डम्यानको भड्किलो प्रचार
अग्रवालले आफ्नो फेसबुक पेज, कम्पनीको वेबसाइड र युट्युबमा गोल्डम्यान कम्पनीबारे भ्रामक प्रचार राखेका छन् । भिडियोको कभर निकै भड्किलो बनाइएको छ । प्रचारमा १० जनालाई ट्याग÷मेनसन गरेका व्यक्तिमध्ये १ जनालाई गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट गरी १० लाख रुपैयाँ पुरस्कार दिने भनिएको छ । यसको म्याद चैतसम्मलाई तोकिएको छ ।
प्रिमियमा उठाइएको पुँजीलाई आयआर्जन, रोजगारी, उत्पादन वृद्धिमा टेवा पुग्ने क्षेत्रमा लगानी गर्ने कम्पनी परिचयमा उल्लेख छ । लगानीकर्तालाई उच्च आर्थिक लाभ दिलाउने गरी स्वच्छ पारदर्शी र व्यावसायिक ढंगले कारोबार सञ्चालन गर्नेसमेत उल्लेख छ ।
आगामी आर्थिक वर्षभित्र गोल्डम्यानलाई नेप्सेमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनी स्थापना गरी व्यावसायिक सफलता हासिल गर्दै धितोपत्रमा सूचीकृत गराउने, वित्तीय सेवा र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने, नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्ने, सेयरधनीहरूलाई व्यवसाय विस्तार र क्षमता अभिवृद्धिमा सहयोग गर्ने जस्ता कार्यक्रम कम्पनीको मुख्य भिजनअन्तर्गत राखिएको छ ।
दोस्रो बजारमा एकल लगानीकर्ताले लाभ लिन नसक्ने भन्दै आफ्नो कम्पनीमा लगानी गर्न भिडियोमा अपिल गरिएको छ । लगानीको जोखिम, लगानीको ज्ञानको अभाव, किन्ने र बेच्ने कौशलताको अभाव, भावनात्मक नियन्त्रण नहँुदा नाफा कमाउन नसक्ने, समयको अभाव, विविधीकरणका लागि लगानीको अभाव हुने भिडियोमा उल्लेख गरिएको छ ।
गोल्डम्यानमार्फत दोस्रो बजारमा लगानी गर्दा शतप्रतिशत लगानीको सुरक्षा हुने, बढी प्रतिफल प्राप्त हुने, अनुभवी सञ्चालक समिति भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्न सकिने, लगानी विविधीकरण र सामूहिक लगानीले छिटोछरितो प्रतिफल प्राप्त हुने, व्यवस्थापनमा विशेषज्ञ हुने हुँदा उच्च प्रतिफल प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।
यस कम्पनीअन्तर्गत ५० वटा क्षेत्रगतमा लगानीको विविधीकरण गरिने बताइएको छ । जसअन्तर्गत हाल तीन परियोजनाहरूमध्ये ६ करोड लागतमा मेगा माइनिङ लिमिटेड (भकुण्डे काभ्रे) काम सम्पन्न भएको बताइएको छ । यसैगरी १० करोड लागतमा टोखा काठमाडौंमा स्मार्ट डोर लिमिटेड कम्पनी सञ्चालनमा रहेको यसको ८० प्रतिशत काम सकिएको बताइएको छ ।
यस कम्पनीअन्तर्गत ५० वटा क्षेत्रगतमा लगानीको विविधीकरण गरिने बताइएको छ । जसअन्तर्गत हाल तीन परियोजनाहरूमध्ये ६ करोड लागतमा मेगा माइनिङ लिमिटेड (भकुण्डे काभ्रे) काम सम्पन्न भएको बताइएको छ । यसैगरी १० करोड लागतमा टोखा काठमाडौंमा स्मार्ट डोर लिमिटेड कम्पनी सञ्चालनमा रहेको यसको ८० प्रतिशत काम सकिएको बताइएको छ ।
आगामी योजनाहरूमा अनुमानित ८ करोड लागतमा उड प्लास्टिक कम्पोजिड, ब्रेक सु फर कार अनुमानित लागत ८ करोड, लुब्रिकेन्ट्स अनुमाति लागत १० करोड निर्माण गरिने उल्लेख गरिएको छ ।
सूचना प्रविधि, शिक्षा, सेयर बजार, अस्पताल तथा औषधि, वित्तीय सेवाहरू, पूर्वाधार विकास, निर्माण, कृषि, जलविद्युत्, घरजग्गा, अटोमोबाइल, आयात निर्यात, हस्पिटालिटी, मल तथा कम्पेलेक्सलगायतका क्षेत्रमा १० करोडसम्मका ५० कम्पनी सञ्चालन गरिने उल्लेख छ ।
त्यस्तै एक अर्को भिडियोमा अग्रवालले निर्मल प्रधानसहितका केही लगानीकर्ताहरू भेला पारेरे अर्को बुल मार्केटमा कम्पनीले दोस्रो कारोबार गर्ने बताएका छन् । उनले भिडियोमा भविष्यमा युनिलिभिर जस्तै बढी सेयर मूल्य भएको कम्पनी बनाउने दाबी गरेका छन् । त्यसका लागि कम्पनीको थोरै मात्रै सेयर दर्ता गराउने र सेयरको आपूर्ति कम भएपछि माग बढ्दा सेयर मूल्य १० हजारमाथि पुग्ने उनको दाबी छ ।
उनले भिडियोमा आफूहरूले लगानी गर्न जानेको र ५० लाख रकम हुँदा बजारलाई प्रभावित गर्न सकिने बताएका छन्, जुन धितोपत्र कारोबार ऐन २०६३ को दफा ९३ देखि १०० सम्मको व्यवस्थाको गम्भीर उल्लंघन हो ।
उक्त भिडियोमा एक लगानीकर्ताले २०७२ को बुल मार्केटमा लगानी गर्दा डुबेको, हाल सेयर मात्रै रहेको, उक्त सेयरधितो राखेर लगानी १० लाख गर्न मिल्न अवसर दिलाइदिन अनुरोध गरेकोमा अग्रवालले कम्पनीमा सेयर ट्रान्सफर गर्न र बाँकी रकम थप गर्न भन्दै आफू ठूलो लक्ष्यमा अघि बढेकाले झिनामसिना काममा नअल्झिने आशयको जवाफ दिएका छन् ।
कम्पनीले आफ्नो वेबसाइडको सुरुवातमा नै ‘ई–केवाइसी फारम’ राखी न्यूनतम १० लाख रुपैयाँ लगानी गर्न आह्वान गरेको छ । न्यूनतम १० लाख रुपैयाँ बराबरको १५० रुपैयाँका दरले ६ हजार ६६७ कित्ता सेयर खरिद गन आह्वान गरिएको छ ।
लगानी गर्न चाहने लगानीकर्तालाई प्रभु बैंक कोटेश्वर शाखामा रहेको खाता नम्बर ०१७०१५२२२९७०००२४ मा न्यूनतम १० लाख रुपैयाँ जम्मा गरेको भौचर अपलोड गर्न भनिएको छ ।