काठमाडौं । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकबीच त्रिपक्षीय दन्द्ध विकास समस्या समाधान समितिको बैंठकमा छताछुल्ल भएको छ । उक्त समितिको बैंठकमा अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर अधिकारी र उपाध्यक्ष पौडेलसहित अर्थ मन्त्रालय मतहतका सबै निकायका प्रमुखहरु उपस्थिति रहेको थियो ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंकको कार्यक्षेत्रभित्र प्रवेश गर्दै ब्याजदरवृद्धि नियन्त्रण गर्न राष्ट्र बैंकलाई भनेका छन् । बैंकहरुलाई आफूले ब्याजदर वृद्धि नगर्न सुझाव दिइसकेकाले राष्ट्र बैंक चलिलो भएर अगाडी बढ्नुपर्ने अर्थमन्त्रीले आशय व्यक्त गरेका थिए ।
‘राष्ट्र बैंक अझै उद्धार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैंक वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु’ शर्माले भने ।
‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले बिरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोलाु, शर्माको भनाई थियो ।
उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि बिस्तारै सुधार हुने बताए । गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरको बारे जवाफ नदिएपनि मूल्यबृद्धि नियमनका लागि गम्भीर हुन अर्थमन्त्रीलाई सल्लाह दिए ।
मूल्यवृद्धिको बार्षिक लक्ष्य ६।५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५।९७ प्रतिशत रही बाञ्छित सिमा भित्रै रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किंदै गएकाले नेपाली बजारमा पनि यसको असर पर्ने भएकाले यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्मालाई मेरो सुझाव छु, अधिकारीले भने ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बिदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन आग्रह गरेका थिए । उनले सबै निकाय जिम्मेवार भई काम गरे बर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने बताएका छन ।
त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभाष हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे । ‘हाम्रो कार्यशैलीमा सुधार गरौं र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी बहन गरौं’ उनले भने ।