शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताए ।
शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ’ उनले भने ।
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताए । उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको बताए । विकास निर्माणको योजना जनताले धेरै काम गरिेहका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौ, उनले भने ।
पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडीबीका प्रतिनिधिबीच छलफल भएको हो ।
छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए । उनले गुजरात मोडल अनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिए ।
हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।
कार्यक्रममा शहरी विकास मन्त्री, एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशकबीच नेपालमा एडीबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन–कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।
छलफलमा एडीबीका महानिर्देशक र नेपालस्थित एडीबीका प्रतिनिधि तथा शहरी विकास मन्त्रालयकातर्फबाट मन्त्री रामकुमारी झाँक्री, सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागिता थियो ।