मलेसिया । बन्द भएको झण्डै १५ महिनामा ४२ हजार नेपाली कामदार मलेसिया आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले १५ महिनादेखि औपचारिक रुपमा मलेसिया बन्द गराए पनि सो समयमा ४२ हजार नेपाली कामदार कामकै खोजीमा मलेसिया आएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल र मलेसियाबीच श्रम समझदारी भएर पनि मलेसिया नखुलिरहेको समयमा कलिङ भिसा र अन्य माध्यम प्रयोग गरी ४२ हजार बढी नेपाली कामदार मलेसियामा आएका हुन् ।
मलेसियामा कामदार पठाउने काम बन्द भएपछि विभिन्न ‘च्यानल’को प्रयोगबाट काम गर्न आएको मलेसियास्थित नेपाली राजदूत उदराज पाण्डेले क्यापिटल नेपाललाई बताए ।
‘१५ महिनाको बीचमा नेपाली कामदार मलेसिया आउँदै आएनन् भन्ने कुरा भएको छ, यो गलत हो’ उनले भने, ‘कलिङ भिसालाई टेकेर उल्लेख्य सङ्ख्यामा नेपाली कामदार मलेसिया आएका छन ।’
उनले कामदार मलेसिया आउने क्रम गत वर्षको तुलनामा कम भएको जानकारी दिए । तर त्यस्तो सङ्ख्या धेरै कम पनि होइन ।
‘गत वर्षको आधी कामदार रोकिएको अवस्थामा पनि आएका छन् उनले भने कसरी आए आफ्नो कुरा होला तर कामदार नेपालबाट आएका छन्’, उनल भने ।
रोकिएपछि नेपाल कामदार यहाँ आउने कामदार घटेको हैन । सन् २०१४ र ०१५ मा नेपाली जति आएका थिए, त्यसपछि धेरै घटेको छ । २०१० पछि ह्वातै बढेको थियो ।
वार्षिक दुई लाख नेपाली मलेसिया आएका थिए । यी मध्ये केही बिदाबाट फर्केका हुन् । कुनै दिन ६०० जना कामदार मलेसिया आइरहेको रेकर्ड दूतावासमा भएको उनले सुनाए । कलिङ भिसालाई मिलाएर र श्रम स्वीकृति लिएर आएका छन् ।
‘कसरी आएका छन भन्ने कुरा हामीले बुझेका छौं । बाहिर बताउन नमिल्ने भएकाले मात्र हो, यो कुरा खुलाएका छैनाैँ,’ उनले भने, ‘मलेसियामा काम गर्न नेपाली आइरहेका छन ।’ हाल मलेसियामा ४ लाख नेपाली कामदार वैधानिक रुपमा कार्यरत छन् ।
मलेसियामा कामदार पठाउनेमा इण्डोनेशिया, बंगलादेश र नेपाल क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेका छन् ।