काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमालाई लक्षित गर्दै दैनिक जीबी प्याकअन्तर्गत सस्तो मूल्यमा नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
एनसेलका ग्राहकले अब करसहित मात्र १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै दैनिक १ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यसको अवधि १ हप्ताको हुनेछ ।
त्यसै गरी १९९ रुपैयाँमा १४ जीबी अल टाइम डाटा लिएर ७ दिनसम्म दैनिक २ जीबीका दरले चलाउन सक्नेछन् ।
यी दुई प्याकबाहेक पहिले नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा पनि डेटा भोल्युम बढाएको छ । यसअन्तर्गत ग्राहकहरुले पहिलेकै मुल्यमा थप भोल्युमसहितको डेटा प्याक पाउनेछन् ।
भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी १ हप्तासम्म दैनिक १.५ जीबीका दरले प्रयोग गर्न सक्छन् । पहिले यही शुल्कमा दैनिक १ जीबीपाइरहेका थिए ।
धेरै डेटा चाहिने ग्राहकले २६९ रुपैयाँमा २१ जीबी डेटा लिई हरेक दिन ३ जीबीका दरले हप्तादिनसम्म प्रयोग गर्न पाउनेछन् । यसअघि सोही मुल्यमा १४ जीबी डेटा दैनिक २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । साथै २८ दिनको प्रयोग अवधि रहेको ४२ जीबी डाटा ५९९ रुपैयाँमा खरिद गरी प्रतिदिन १.५ जीबीका दरले उपयोग गर्न सक्नेछन् ।
यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार ९चैत्र २० बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सकिनेछ ।
दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याक र थप गरिएका डेटा भोल्युमले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।