काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १४ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सन्चुरी कमर्शियल बैंक, स्टाण्डर्ड चार्टर्ड बैक, एनएमबि बैंक र प्रभु बैंक लाई कारवाही गरेको छ ।
यसैगरी नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक , नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा र सेन्चुरी बैंकलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।
प्रभु बाहेका अन्य बैंकहरुले बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन नपाउने व्यवस्था उल्घंन गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको हो ।
स्टाण्डर्ड चार्टर्ड, एनएमबि बैंकले निक्षेप र कर्जाबीचको ब्याजदरको अन्तर स्प्रेड ५ भन्दा बढी राखेको पाइएकाले राष्ट्र बैंकले सचेत गराएको हो ।प्रभु बैंकलाई राष्ट्र बैंकले अनिवार्य मौज्दात र बैधानिक तरलता अनुपात कायम नगरेकाले १ लाख ८० हजार रुपैयाँ जरिवाना गरेको छ ।