काठमाडाैं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । सोही कार्यक्रमअन्तर्गत बैंकको बैतडी, पाटन शाखाले पाटन ̵ ४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
एक विशेष कार्यक्रमका बीच उक्त खेलकुदका सामग्री हस्तान्तरण गरेको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक विजय शाहले बताए ।
बैंककोसहयोगबाट विद्यार्थीहरु निकै उत्साहित भएका र खेलकुद विकासका लागि बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले धन्यवाद ज्ञापन गरे ।
बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।
यस्तै ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भनीकन चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स र डलर कार्ड जारी गरिसकेको छ ।