काठमाडौं । फ्यान्टाले होलीको अवसरमा यो वर्ष “कलरफुल हामी” को आयोजना गर्ने भएको छ । कलरफुल हामी पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ।
यो योजनाअनुसार उमेर, लिंग, पेसा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ ।
यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजेको कम्पनीले जनाएको छ।
यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने उत्साहलाई देखाएको छ । यो क्याम्पेनको अर्को विज्ञापनले चाहिँ होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।
होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” गर्दै छ, जुन काठमाडौं, पोखरा, इटहरी, धरान, हेटौंडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइने कम्पनीले जनाएको छ ।
यी कार्यक्रमहरुमा रमाइला र सहभागितामूलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्धनिर्माण गर्ने लक्ष्य राखेको छ। साथै फ्यान्टाले “कलरफुल हामी” थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउने तयारी गरेको छ।