काठमाडाैं । सार्वजनिक हुनु अगावै रेकर्ड तोड माग भएपछि सामसङले नयाँ ग्यालेक्सी एस-२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ । कम्पनीकाअनुसार अग्रणी स्मार्टफोनले आफ्नै प्रकारको पहिलो ग्यालेक्सी अनुभवका साथ उत्पादकत्व र सिर्जनशीलताका सबै नियमहरु तोडेकाे छ ।
सामसङ इलेक्ट्रोनिक्सले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनःपरिभाषित ग्यालेक्सी एस २२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको छ । “ उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं ।” सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले भने, । “सामसङमा हामी नवीनतम खोजहरु प्रदान गर्न कटिबद्ध छौं ।”
यी नयाँ उपकरणहरुले ग्यालेक्सीका पारखीहरुका लागिअधिकतम रोजाइहरु मात्र प्रदान गर्ने छैनन् । उपकरणहरुको पूरा ग्यालेक्सी इकोसिस्टममा पहुँच भएको र साझेदारहरुसँग वास्तविक रुपमा जोडिएको अनुभव पनि प्रदान गर्नेछ । ग्यालेक्सी एस-२२ र एस-२२ प्लसले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआइ उन्नत प्रविधिका साथ परम्परागत नियमहरु भँग गरेका छन् ।
पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनद्वारा ग्यालेक्सी एस-२२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय सुरु गरेको छ । ग्यालेक्सी एस २२ सिरिज नेपालमा चैत १ गते मंगलबारदेखि उपलब्ध हुनेछ । ग्यालेक्सी एस-२२ अल्ट्रा १२ जिबि र्याम र २ प्रकारको आन्तरिक मेमोरीका साथउपलब्ध छ ।
५१२ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस-२२ अल्ट्राको बजार मूल्य १ लाख ६९ हजार ९ सय ९९ रूपैयाँ र २५६ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस-२२ अल्ट्राको बजार मूल्य १ लाख ५९ हजार ९ सय ९९ रूपैयाँ ताेकिएकाे छ । ग्यालेक्सी एस-२२ अल्ट्रा तीनआकर्षक रङहरु निख्खर कालो, हरियो र बर्गण्डी रङमा उपलब्ध छ ।
यसैगरी ग्यालेक्सी एस २२ प्लसमा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी रहेका छन् र यसको मूल्य १ लाख २९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । याे निख्खर कालो, निख्खर सेतो र हरियो रङमा उपलब्ध छ ।
आधार मोडल ग्यालेक्सी एस-२२ पनि ८ जिबि ¥याम र २५६ जीबीआन्तरिक मेमोरीका साथबजारमा उपलब्ध छ र यसको मूल्य १ लाख १२ हजार ९ सय ९९ रूपैयाँ निर्धारण गरिएको छ । यो मोडल निख्खर कालो, निख्खर सेतो र हरियो रङ्गमा उपलब्ध छ ।