परिस्थिति फेरिएको छ । म एउटा बैंकको अध्यक्ष छु । अर्को बैंकका बारेमा टिकाटिप्पणी गर्नु कति सान्दर्भिक होला । तर, आफैंले लामो समय काम गरेको संस्थाले एकपछि अर्को सफलता चढ्दै गर्दा खुसी र गर्व लाग्नु स्वभाविक हो । फाइनान्स कम्पनीबाट उदाएको एनएमबी आज बैंकहरुमा पनि अब्बल दर्जाको बैंक बनेको छ । यसको श्रेय एनएमबीको असल टिमलाई जान्छ ।
एउटा संथामा असल र कार्यकुशल समूह तयार गर्नु कम्ती चुनौतीपूर्ण हुँदैन । सबै कर्मचारीलाई निर्णय प्रक्रियामा सामेल गराई सशक्तीकरण गर्ने र कर्मचारीले पनि त्यही किसिमको संस्कृति पछ्याँउदाको प्रतिफल बिस्तारै एनएमबीमा देखिँदैछ । सक्षम टीम बनेकै कारण बीच–बीचमा कर्मचारीहरुले छाडेर जाँदा पनि एनएमबी राम्रोसँग चल्यो । खुसीको कुरा त के हो भने एनएमबीले सुमन शर्मा र अजय श्रेष्ठ, सुनील केसीजस्ता सीईओ पनि एनएमबीले जन्माइसकेको छ ।
कुनै पनि संस्था दिगो रुपमा सञ्चालन गर्न ‘बिल्ट टु लास्ट (दीर्घकालकालसम्म संस्था चलिरहोस्)’ भन्ने भावना हुनुुपर्छ । नेतृत्वले राम्रो विरासत छाड्नु उसको ठूलो सफलता हो । आफूले छाडेपछि पनि संस्था राम्रोसँग चल्छ भने सीईओले राम्रो टिम बनाएको रहेछ भनेर बुझ्नुपर्छ । बैंकमा सीईओ ‘वान मेन सो’ भएर बसेको रहेछ भने सीईओले छाड्ने वित्तिकै संस्थाले सही दिशा समाउन सक्दैन वा धर्मराउन थाल्छ । अहिले एमएमबीले जुन सफलता हात पारेको छ, त्यसको पछाडि मैले राम्रो टिम बनाएको रहेछु भन्ने लाग्छ र सन्तुष्टि पनि मिल्छ ।
आजको दिनमा एनएमबी बैंक सही दिशातिर अग्रसर छ । मैले मेरो बिदाइको दिन ‘डिजिटल सोलुसन इज द गेम चेन्जर इन द बैंकिङ इन्डस्ट्रिज’ भनेको थिएँ । पाँच वर्षको दौरानमा त्यो कुरा प्रष्ट रुपमा एनएमबी बैंकमा देखा परेको छ । कोभिडले गर्दा एनएमबीको डिजिटल अभियान अझ बढी प्रभावकारी भएको छ ।
अजय बैंक अफ काठमान्डुमा ‘सेकेन्ड मेन’ भए पनि एनएमबी बैंकमा परिणत हुने बित्तिकै निकै ठूलो जोखिम मोलेर आएका थिए । त्यही बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट अरु दुई÷तीन जना एनएमबीमा ल्याएका थियौं । केही समयपछि स्ट्यान्डर्ड चार्टर्डबाट सुनील केसीलाई पनि ल्यायौं । सुमन भने पहिले नै हामीसँग थिए । हामीले नेतृत्व तयार पार्दै लगेका कारण अजयले छाड्दा जिम्मेवारी लिन सुनिल तयार भइसकेका थिए ।
३० वर्षे बैंकिङ करियरबाट सिकेको सबैभन्दा महत्वपूर्ण कुरा संस्कृतिको अनुुपालन हो । व्यवसाय बढाउन सबैले प्रयास गरेकै हुन्छन् । सीईओले सबै कुरा गरेर साध्य पनि हुँदैन । कर्मचारीलाई उपयुक्त संस्कृति सिकाएर सशक्त बनाउनु ठूलो कुरा रहेछ । पछि आधा दर्जन वित्तीय संस्था गाभिए । त्यति बेला सञ्चालन र सूचना प्रविधिका कर्मचारीले दिनरात खटेर जुन हिसाबले काम गरे त्यसले संस्थालाई अघि बढाउन धेरै सहजता प्राप्त भयो ।
कठिन घडीहरुमा व्यवस्थापक (सीईओ) ले सम्बन्धित कर्मचारीलाई सोधेर काम गरेको खण्डमा त्यो कर्मचारीमा पनि सीईओेले मलाई विश्वास गर्नुभएको छ । मैले पनि अधिकतम प्रयास गरेर शतप्रतिशत परिणाम दिनुपर्छ भन्ने भावनामा काम गर्छन् । सीईओले आफूसँग काम गरेको कर्मचारीलाई मित्रवत् व्यवहार गरेको खण्डमा संस्थालाई अघि बढाउन ठूलो सहयोग मिल्छ । अहिले एनएमबी जुन गतिमा अघि बढेको छ, सब त्यसैको उपज हो । स्टाफहरुलाई साथीभाइसरह व्यवहार गर्दाको फाइदा भनेको आफूले जस्तोसुकै काम गर्दा पनि उनीहरुबाट पूर्ण सहयोग प्राप्त हुनु हो ।
आजको दिनमा एनएमबी बैंक सही दिशातिर अग्रसर छ । मैले मेरो बिदाइको दिन ‘डिजिटल सोलुसन इज द गेम चेन्जर इन द बैंकिङ इन्डस्ट्रिज’ भनेको थिएँ । पाँच वर्षको दौरानमा त्यो कुरा प्रष्ट रुपमा एनएमबी बैंकमा देखा परेको छ । कोभिडले गर्दा एनएमबीको डिजिटल अभियान अझ बढी प्रभावकारी भएको छ ।
मैले पनि अधिकतम प्रयास गरेर शतप्रतिशत परिणाम दिनुपर्छ भन्ने भावनामा काम गर्छन् । सीईओले आफूसँग काम गरेको कर्मचारीलाई मित्रवत् व्यवहार गरेको खण्डमा संस्थालाई अघि बढाउन ठूलो सहयोग मिल्छ । अहिले एनएमबी जुन गतिमा अघि बढेको छ, सब त्यसैको उपज हो ।
एनएमबी नयाँ पुस्ताले हाँक्ने राम्रो टिम बनाएर म बाहिरिएको थिएँ । ठूलो बैंक बन्नेभन्दा पनि असल बैंक बन्नुपर्छ भन्ने बाटोमा एनएमबी अग्रसर छ । बैंकको आधार (फाउन्डेसन) मात्रै होइन एनएमबी टिम र नेतृत्व राम्रो भएकाले भविष्य पनि निकै राम्रो देखेको छु । मैले एनएमबी छोड्दाको गति आज पनि कायम छ ।
विगतमा पनि एनएमबीले व्यापार बढाउने सन्दर्भमा सुस्त भयो भनेर आरोप लाग्ने गरेको थियो । असल बैंक बन्नुपर्छ भन्दा कतिपय समयमा आलोचना भएको थियो । बैंकिङ व्यवसाय अन्य व्यवसायभन्दा फरक छ । बैंक निक्षेपकर्ताको पैसा चलाउने संस्था भएकाले छोटो समयका लागि भन्दा पनि दीर्घकालको हितलाई हेरेर अघि बढ्नुपर्छ भन्ने विचारलाई आत्मसात् गरी अघि बढेकै कारण एनएमबीले एकपछि अर्को सफलता चुमिरहेको छ । क्यापिटल म्यागजिनबाट (पौडेल नबिल बैंकका अध्यक्ष हुन्)