काठमाडौं । विश्वकै अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोका भेरियन्टहरू आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी छन् ।
टाटा टियागो गाडीको भित्री भाग वा इन्टेरियरमा एन्ड्रोइड अटो र नेभिगेसनसहित हर्मनको आकर्षक ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ । बिल्कुलै नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पाङ्ग्राहरूले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभीएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउन्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ ।
टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्याग, अधिकतम सुरक्षाका लागि ईबीडीसहितको एबीयस जस्ता उच्चतम प्राविधिक विशेषता छन् । त्यसैगरी आरामदायी यात्रा सुनिश्चित गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोड, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषता छन् ।
टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेसनल बिजनेसका प्रमुख सुजन रोय भन्छन्, ‘इम्प्याक्ट डिजाइनअन्तर्गत सार्वजनिक गरिएको पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक तथा नवीन विशेषताले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ ।’ रोयका अनुसार उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषता र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेका ग्राहकको बदलिँदो चाहना र आकाङ्क्षालाई सम्बोधन गर्दछ।’
नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै ग्राहकलाई विभिन्न उत्कृष्ट विकल्प दिइएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । ‘यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौं,’ उनले भने ।
स्ट्यान्डर्ड वारेन्टीमा आउने टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंग– कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् ।