बीबीसी । रुसी सत्तानिकट व्यावसायी रोमन अब्रामोभिचलाई बेलायतले प्रतिबन्ध लगाएपछि चेल्सी क्लब बेच्ने प्रयास उनको प्रयास अवरुद्ध भएको छ।
बेलायतले युक्रेनमा रुसी हमलाको जवाफस्वरूप प्रतिबन्ध लगाएको हो। ती रुसी मालिकले प्रतिबन्धको चर्चा संसद्मा उठेसँगै युरोपेली च्याम्पियन क्लब बिक्रीका लागि अघि सारेका थिए।
अब्रामोभिचका सम्पत्ति रोक्का गरिँदा चेल्सीसमेत त्यसमा पर्छ जसको अर्थ उक्त क्लबले थप खेलका टिकटहरू बिक्री गर्न पाउँदैन। त्यस्तो कदम अब्रामोभिचले चेल्सीबाट पैसा कमाउन नसकून् भन्ने मनसायले चालिएको छ।
सरकारले एउटा विशेष अनुमतिपत्र जारी गर्दै त्यसले कर्मचारीहरूले तलब पठाउन सक्ने र टिकट किनिसकेकाले खेलहरू हेर्न पाउने बताएको छ।
सीजनभरका लागि टिकेट किन्नेहरूले त्यसमा समेटिने खेलहरू हेर्न पाउनेछन् तर अब थप टिकेट बिक्री हुने छैन। क्लबको प्रवर्द्धनात्मक सामग्रीहरू विक्री गर्ने पसल समेत बन्द हुनेछन्।
विशेष अनुमतिपत्रमा व्यवस्था थप गर्ने विषयमा सरकारले आफू खुला रहेको जनाएको छ जसले क्लब विक्री गर्ने अनुमति दिनेछ।त्यसो हुनका लागि रुसका धनीमध्ये एक अब्रामोभिचले कुनै पैसा पाउने छैनन्। उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट रहेको विश्वास गरिन्छ।
उनले यसअघि बिक्रीवापत नाफा युद्धका पीडितलाई दान दिने बताएका थिए। बुधवार २० पक्षले चेल्सी किन्नका लागि चासो देखाएका थिए। जसमध्ये ब्रिटिस व्यापारी निक क्यान्डीसमेत छन्।
बेलायतका संस्कृति, मिडिया र खेलमन्त्री नडिन डोरिजले आफ्नो सरकार उक्त क्लब ुबचाउन प्रतिबद्ध रहेकोु बताएकी थिइन्।
यसले केही अनिश्चितता ल्याउँछ भन्ने मलाई थाहा छ तर सरकारले लीग र क्लबहरूसँग सँगै काम गरेर लक्षितलाई समेत प्रतिबन्धको मार पर्नेगरी फुटबल खेल्ने काम जारी राख्न चाहन्छ। हाम्रो जोड पुटिनको सत्तालाई चलाउन सघाउनेलाई उत्तरदायी बनाउनु हो।