काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको माघ महिनासम्मको २७ वटै वाणिज्य बैंकको एकीकृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
यस अवधिमा २७ वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६० प्रतिशत र पुसको भन्दा १७.६६ प्रतिशतले बढी हो ।
यस अवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी सबभन्दा धेरै नाफा कमाउने सूचीको दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको छ । साथै तेस्रो स्थानमा रहेको नबिल बैंकले २ अर्ब ६२ करोड खुद नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २८ करोड, प्राइम कमर्शियल बैंकले २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन् । यस्तै एनएमबी बैंक १ अर्ब ९४ करोड, नेपाल इन्भेस्टमेन्ट बैंक १ अर्ब ८९ करोड, सिद्धार्थ बैंक १ अर्ब ७९ करोड, नेपाल बैंक १ अर्ब ६४ करोड, र कृषि विकास बैंकले १ अर्ब ४९ करोड नाफा कमाएका छन् ।
यसबाहेक प्रभु बैंकले १ अर्ब ४५ करोड, मेगा बैंकले १ अर्ब ४८ करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले १ अर्ब २४ करोड ,स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २४ करोड, कुमारी बैंकले १ अर्ब २१ करोड, माछापुच्छ्रे बैंक १ अर्ब १४ करोड, नेपाल क्रेडिट एन्ड कमर्श ण्एनसीसी) बैंकले १ अर्ब १० करोड, हिमालयन बैंकले १ अर्ब २ करोड र एभरेस्ट बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेका छन् ।
यस्तै नेपाल एसबीआई बैंकले ९५ करोड ६५ लाख, लक्ष्मी बैंकले ९५ करोड ४९ लाख, सनराइज बैंकले ९४ करोड ४० लाख ,नेपाल बंगलादेश (एनबी) बैंकले ९४ करोड २० लाख, बैंक अफ काठमान्डुले ८९ अर्ब ९१ करोड, सेन्चुरी कमर्शियल बैंकले ८२ करोड २० लाख र सिभिल बैंकले ६१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैंक र सेन्चुरी बैंक छन् ।