काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं २६ लाई हस्तान्तरण गरिएको सो मैदान आमनागरिकका लागि खुला गरेको छ ।
यो परियोजना पूर्णरूपमा वडा नं।२६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ ।
मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं। २६ बीच गत वर्ष सम्झौता भएको थियो ।
“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
काठमाडौं महानगरपालिका वडा नं। २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । 'एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ', उनी भन्छन्, 'यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पुर्याएको छ ।'
जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजकले मैदानको पुनर्निर्माण तथा उद्घाटनपछि उत्साह व्यक्त गर्दै भने, 'पहिलेको धुले मैदान अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानको रूपमा परिवर्तित भएको छ । यहाँ मानिसहरु बिहान मर्निङ वाक गर्न सक्छन् । स्थानीय क्लबका युवा तथा नजिकका स्कुल/कलेजका विद्यार्थीले खेल खेल्न सक्छन् । यस्तो मैदानले खेलको विकास तथा सफा र सुन्दर सहरको विकासमा टेवा पुर्याउँछ । यसका लागि हामी एनसेलप्रति आभारी छौं ।'
जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको छ ।
एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैं एनसेलको प्राथमिकतामा छन् ।