काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।
यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध छन् । सोमबार (फागुन २३) देखि संचालनमा आएको अफरअन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् ।
यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८एष्ट्रिक्स ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरी सुचारु गर्न सक्छन् ।
अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।
यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जसअन्तर्गत ग्राहकले २ सय ६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३ सय ८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।