काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुई सेवाको सुरूवात गरेको छ। सो कम्पनीले एक कार्यक्रमबीच आईजीआई क्यासलेस क्लेम सेटलमेन्ट र आईजीआई इजी हेल्थपल्स बिमालेख गरी दुई सेवा थप गरेको हो।
सो कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल, बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलसहित कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरू, स्पार्क अटोकेयर प्रालिका अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरूको उपस्थिति थियो।
आईजीआई इजी हेल्थपल्स बिमालेख
तपाई र तपाईको परिवारको स्वास्थ तपाईको लागि सर्वोपरी महत्वको विषय हो । आफ्ना परिवारहरुको स्वास्थ प्रतिको संवेदनशीलता र चासो दिन प्रतिदिन बढिरहेको छ । यसलाई मध्येनजर राखी आइएमई जनरल इन्स्योरन्सले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरि आईजीआई हेल्थ प्लस बीमालेख ल्याएको छ । यस बीमालेखअन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बिमा, औषधि उपचार बिमा र घातकरोग बिमा समावेश गरिएको छ ।
यस बिमालेखअन्तर्गत बिमलेखको अवधिभर कुनै पनि समयमा बिमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अंगभंग हुन गएमा बिमालेखमा उल्लेखित ५ लाखदेखि १५ लाख रुपैयाँ सीमासम्मको सुविधाहरु प्रदान गरिनेछ ।
यस बिमालेखअन्तर्गत बिमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारका लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख देखि ५ लाख रुपैयाँसम्म नगदरहित वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिनेछ ।
यस बिमालेखअन्तर्गत बिमलेखको अधिनमा रही बिमा अवधिभित्र बिमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधिपश्चात् बिमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बिमांक रकम ५ लाख रुपैयाँ तुरुन्त भुक्तानी गरिनेछ ।
परिवारको हकमा श्रीमान्–श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ वर्षदेखि २४ वर्षसम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने । ५० वर्षभन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेस गर्नुपर्नेछ । बिमालेख जारी गरिएको मितिले औषधोउपचार बिमाअन्तर्गत ३० दिनको, घातक रोगका लागि ९० दिनको र गर्भवती महलिाका लागि ९ महिनाको समय लाग्ने छ ।
औषधोपचार बिमालेखअन्तर्गत नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ । यस बिमालेखअन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्यजस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।
आईजीआई इजी क्यासलेस क्लेम सेटल्मेन्ट
यो सेवा हाललाई काठमाडौं उपत्यका भित्र लागू हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनहरुको बिमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ । यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संझौतापत्रमा हस्ताक्षर गरी सेवाको सुरुवात गरे ।
कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
आईएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नरमा फोन, एसएमएस, भाइबर आदिमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयर प्रालिको सर्भिस सेन्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टभित्र स्पार्क अटोकेयरले आप्mनै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जानेछ ।
सवारी साधन सर्भिस सेन्टरमा पु¥याएपश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत सम्भारपश्चात् बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै सर्भिस सेण्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ ।
साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी स्पार्क अटोकेयरबाट भई रहनेछ । मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाडौं उपत्यका भित्र सावरी धनीको घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।