काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा परिणात्मक बन्देज लागाएको छ । यसअघि दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था परिमार्जन गरेको छ ।
सुन आयात तथा बिक्री वितरणसम्बन्धी एकीकृति निर्देशन २०६८ लाई संशोधन गरेको हो । परिमार्जन नियमअनुसर अब दैनिक १० केजी सुन मात्रै आयात गर्न पाइने भएको छ ।
नेपाल सामान्य अवस्थामा दैनिक ३५ केजी र विवाहको सिजनमा ५० केजीसम्म माग हुने नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले सुनको आयात ५० प्रतिशतले घटाएको छ । नेपाल राष्ट्रय सुनचाँदी व्यवसायी महासंघले अफ सिनमा २० देखि २५ केजी र सिजनमा ३५ देखि ४० केजी सुनको आवश्यक्ता पर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले २०६६ सालदेखि सुनमा कोटा व्यवस्था लागू गरेको थियो । उक्त समयमा दैनिक १० केजी सुन आयात गर्न पाउने व्यवस्था थियो ।
१२ वर्ष पहिलेको कोटा तोक्दा १० केजी सुनले एक तिहाई बजार माग पनि धन्न नसक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्यले बताएका छन् ।
‘हाल अफ सिजन भएकोले जसोतसो बजार माग धान्ने भएपनि वैंशाख लागेपछि विवाहको सिजन सुरु हुने र यसले बजारएको एक तिहाई माग पनि धान्न नसक्ने’ महासचिव बज्राजार्यले बताए ।
२०६६ सालको दैनिक १० केजी सुन आयात गर्न पाउने व्यवस्था २०६८ सालमा परिमार्जन गरि १५ केजी पुर्याएको थियो । दैनिक १५ केजी सुन आयात गर्दासमेत माग अनुसारको पूर्ति नभएको भन्दै व्यापारीहरुले दबाब दिएपछि २० केजी पुर्याइएको थियो । कोरोना पुर्व यो कोटा समेत बढाएर २५ केजीसम्म आयात गर्न दिएको महासंघका महासचिव बज्राचार्यले बताए ।
तर, कोरोनाका समयमा मन्त्रिपरिषदले नै निर्णय गरेर १० केजीमा सिमिति गरेको थियो । कोरोनाको पहिलो लहर पछि यो कोटा पुनः १० केजी पुर्याइएको थियो । बजारमा माग अनुसारको सुनको आपूर्ति हुन नसके अवैध आयात बढ्ने बज्राचार्यले बताए ।