डेरीजन्य उत्पादन गर्दै आइरहेको भारतीय ब्रान्ड अमुलको चालू आर्थिक वर्षको कारोबार १८ प्रतिशले वृद्धि हुने अनुमान गरिएको छ ।
अमुल ब्रान्डको उत्पादन तथा बिक्रीवितरण गर्ने संस्था गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेसन लिमिटेड (जिसिएमएमएफ) का प्रबन्ध निर्देशक आरएस सेढीले चालू आर्थिक वर्षमा कारोबार १८ प्रतिशले वृद्धि हुने बताएका छन् ।
१८ प्रतिशतले वृद्धि हुँदा यसको कारोबार ७ खर्ब ३० अर्ब रुपैयाँ पुग्नेछ ।
कोभिड–१९ को महामारीबीच आर्थिक वर्ष २०२०/२१ को अवधिमा अमुलको कारोबारमा २ प्रतिशको सामान्य वृद्धि भएको थियो । वृद्धिपछि यो झन्डै ६३ हजार करोड पुगेको थियो ।
सेढीका अनुसार मख्खन, आइसक्रिम, दूधजस्ता सबै उत्पादनको माग बढिरहेको छ । मात्राको हिसाबले पनि १५ प्रतिशत वृद्धि हुनेछ ।
गत आर्थिक वर्षमा जिसिएमएमएफको कारोबारमा सामान्य वृद्धि भएको थियो । कोभिडका कारण जारी लकडाउनका कारण आइसक्रिमको बिक्रीमा मात्रै ३५ प्रतिशत गिरावट आएको थियो ।
सहकारीले प्रतिदिन १ करोड ५० लाख लिटर दूध बेच्छ । जसमा गुजरातमा ६० लाख लिटर, दिल्ली एनसीआरमा ३१ लाख लिटर र महाराष्ट्रमा २० लाख लिटरको योगदान गर्दै आइरहेको छ ।
यस्तै अमुलले पन्जाब, उत्तर प्रदेश र कोलकातमा पनि दूध बेच्दै आइरहेको छ ।
चालू वर्षमा अमुलले दूधको मूल्य दुईपटकसम्म बढाएको छ ।