भारतमा इलेक्ट्रिक मेनुफ्याक्चरिङ हब बनाउनका लागि रिलायन्स इन्डस्ट्रिल लिमिटेड कम्मर कसेर लागेको छ । यसका लागि कम्पनीको पूर्ण स्वामित्ववाला सहायक कम्पनी रिलायन्स स्ट्राटेजिक बिजनेस भेन्चर्स लिमिटेड (आरएसबीभीएल) ले सनमिना कर्पोरेसनसँग सहकार्य गर्ने फैसला गरेको छ ।
दुवै कम्पनी मिलेर एउटा संयुक्त उद्यम बनाउने भएका छन् । यसमा रिलायन्सले २६ अर्ब ७२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
यो संयुक्त उद्यममा रिलायन्सको ५०.१ प्रतिशत सेयर हुनेछ ।
कम्पनीले के बनाउँछ त ?
यस कम्पनीले सञ्चार नेटवर्किङ, जस्तै; फाइभ–जी, क्लउड इन्फ्रास्ट्रक्चर, हाइपरस्केल डेटा सेन्टरलाई प्राथमिकता दिनेछ । यस्तै स्वास्थ्य प्रणाली, औद्योगिक, रक्षा तथा एयरो स्पेसजस्ता उद्योगका लागि हाई टेक्नोलोजीको हार्डवेयर बनाउनेछ ।
यो प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ भिजनअनुरूप भएको बताएको छ ।
घरेलु आवश्यकता र निर्यात
सनमिनाका चेयरपर्सन एवम् प्रमुख कार्यकारी अधिकृत जुरे सोलका अनुसार भारतमा इन्टिग्रेटेड मेनुफ्याक्चरिङ कम्पनी बनाउनका लागि रिलायन्ससँग सहकार्य गर्न पाएकामा खुसी छ ।
यस संयुक्त उद्यमले घरेलु एवं निर्यात दुवै बजारका आवश्यकतालाई पूरा गर्नेछ ।