रुसको सबैभन्दा ठूलो ऋणदाता स्बेर बैंकले युरोपियन बजार छोड्ने फैसला गरेको छ ।
जसका कारण, बैंकका सहायक कम्पनीहरूले ठूलो मात्रामा क्यास आउटफ्लोको सामना गर्नु रहेको छ ।
यस्तै कर्मचारी तथा सम्पत्ति सुरक्षा पनि खतरापूर्ण स्थिति छ ।
केही दिनमै स्बेर बैंकले सन् २०२१ को वित्तीय विवरण सार्वजनिक गर्ने बताएको छ ।
बैंकका अनुसार केन्द्रीय बैंकको निर्देशपछि युरोपियन सब्सिडियरिजलाई लिक्विडिटी आपूर्ति गर्न सक्षम छैन । तर, यसको पुँजीस्तर र सम्पत्तिको गुणवत्ता भने सबै ग्राहकलाई भुक्तानी गर्न पुग्ने छ ।
युरोपीय सेन्ट्रल बैंकले स्बेर बैंकको युरोप शाखा बन्द गर्न निर्देश दिएको छ ।
बैंकसँग कति युरोपियन सम्पत्ति ?
स्बेर बैंकसँग ३१ डिसेम्बर २०२० सम्म १३ अर्ब युरो युरोपियन एसेट्स थियो ।
रुसविरुद्ध प्रतिबन्ध
युक्रेनमाथिको आक्रमलाई लिएर पश्चिमा देशहरूले रुसको अर्थव्यवस्था र वित्तीय प्रणालीलाई आइसोलेट गर्नका लागि थुप्रै कदम उठाएका छन् । यसमा रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध र वैश्विक भुक्तानी प्रणाली ‘स्विफ्ट’ देखि यसका केही लेन्डर्सको वहिष्कार सामेल छ ।
स्बेर बैंक युरोपियन बजारबाट बाहिरिए पनि स्विट्जरल्यान्डमा बैंक सञ्चालनलाई प्रभावित भने गर्ने छैन ।