काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा मनोज खड्का नियुक्त भएका छन् ।
बैंकको पदपूर्ति उप–समितिको सिफारिसअनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले फागुन १५ गतेदेखि कार्यभार समाल्ने गरी नियुक्त गरेका हुन् ।
आइतबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष केबी उप्रेती सहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, उच्च व्यवस्थापनका कर्मचारीहरु लगायतको उपस्थितिमा नव–नियूक्त डिजिएम खड्कालाई स्वागत गरी बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट निवासी खड्का २९ वर्ष देखी बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका खड्काले नविल बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक, टुरिजम बैंकलगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन् ।
तत्कालीन समयमा टुरिजम बैंक मर्जपश्चात बनेको मेगा बैंकमा नायव महाप्रवन्धकका रूपमा कार्यरत थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्काको २९ वर्षे बैंकिङ करियरमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।