काठमाडाैं । ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक सिकएकाे छ । तीन दिन संयुक्त बैठकले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलार्ई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने सहमित भएकाे छ ।
भारत सरकार ऊर्जा मन्त्रालयका सचिवआलोक कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको सह–अध्यक्षतामा भएकाे बैठकमा दुवै पक्षले भारत–नेपाल साझेदारीमा ऊर्जा क्षेत्र सहकार्य एक सहकार्य एक बलियो स्तम्भको रुपमा रहेको बताए ।
साथै नेपालमा विद्युत उत्पादन परियोजनाहरुको संयुक्त विकास, सीमापार विद्युत प्रसारण पूर्वाधारको संयुक्त विकास, सम्बन्धित घरेलु नियम र नीतिगत ढाँचाअन्तर्गत विद्युत व्यापार क्षमता अभिवृद्धि सहयोगमार्फत ऊर्जा क्षेत्रमा सफलता हासिल गर्न सहमति जनाए ।
त्यस्तै नेपाली पक्षले काठमाडौंमा गरेको न्यानो स्वागत तथा आतिथ्यका लागि आभार प्रकट गर्दै भारतीय पक्षले नेपाली पक्षलाई विशाल नवीकरणीय उर्जा क्षमताको स्थापना, “एक राष्ट्र, एक ग्रीड, एक बजार” योजनाका उपलब्धिहरुलगायत पछिल्लो क्रममा भारतको ऊर्जा क्षेत्रमा भएका विकासबारे जनाकारी गरायो ।
त्यसैगरी नेपाली पक्षले पनि भारतीय पक्षलाई ऊर्जाको क्षेत्रमा भएका विकास, विद्युत उत्पादन र प्रशारणको भविष्य र नेपालमा विद्युत मागको परिदृश्यकाबारे जानकारी गरायो ।
ऊर्जा क्षेत्रमा अझ बलियो र आपसी हितकर सहकार्यका लागि मार्ग प्रशस्त गर्न नेपालले विद्युत उत्पादन क्षमतामा सुदृढीकरण गरेको भारतीय पक्षको ठहर छ । भण्डारण परियोजनामा विशेष जोड दिँदै नेपालमा विकास गर्न सकिने किसिमका जलविद्युत परियोजना निर्माणका लागि संयुक्त जल विकास समितिको स्थापना गर्ने दुई पक्षबीच सहमति भयो ।
दुई पक्षबीच ऊर्जासँग सम्बन्धित छलफललाई जारी राख्ने र अर्को बैठक भारतीय पक्षले आयोजना गर्नेगरी सहमति भयो ।